७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाउने तयारी

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले हङ्कङबाट ल्याइएको झण्डै ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने तयारी गरेको छ।

खुलेन सुन तस्करीको मुख्य कारोबारी

सुन तस्करीको अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान प्रतिवेदन बुझाउने समय नजिक आउँदा पनि लगानीकर्ता यकिन गर्न सकेको छैन।

६० किलो सुन तस्करीमा विमानस्थल भन्सारका ३ कर्मचारी पक्राउ

६० किलो सुन तस्करी प्रकरणमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारीलाई पक्राउ गरेको छ।

सुन तस्करीको अनुसन्धानमा ‘एमएलए’ बाधक

प्रहरी स्रोतका अनुसार सुन तस्करीमा विदेशी नागरिकको संलग्नता र राजनीतिक व्यक्तिहरूको ‘कनेक्सन’ पुष्टि गर्न प्रहरीलाई पारस्परिक कानुनी सहायता सन्धि (एमएलए) बाधक भइरहेको छ।

६० किलो सुन प्रकरणमा थप एक जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद ६० किलो सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले थप एक जना पक्राउ गरेको छ।

सुन तस्करीमा मुछिएका दावाको होटेल ‘भियना’ भित्र अस्पताल ! उपचार गर्ने चिकित्सक चिनियाँ

साठी किलो सुन प्रकरणमा पक्राउ परेका दावा छिरिङले काठमाडौँको ठमेलमा सञ्चालन गरेको होटेल भियना भित्र अस्पताल पनि रहेको खुलासा भएको छ।

यी हुन् सुन तस्करीको सञ्जाल वरपर रहेका माओवादी नेता र कार्यकर्ता !

अनुसन्धानका क्रममा दुवै घटनामा कतै न कतैबाट माओवादीका नेता र कार्यकर्ता जोडिएको पाइएको स्रोतहरूले बताएका छन्। यसरी सञ्जाल वरिपरि रहेका ती नेता र कार्यकर्ता को–को हुन त ?

माओवादी नेता र कार्यकर्ताको वरिपरि घुम्यो सुन तस्करीको सञ्जाल, ६० जना बढी अनुसन्धानको घेरामा

सुन प्रकरण अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले माओवादीका ६० जना भन्दा बढी नेता र कार्यकर्ताको फोन सम्पर्कलाई अनुसन्धानको दायरामा ल्याएको छ।

सुन तस्करी अनुसन्धान: माओवादीदेखि माओवादीसम्म !

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर ६० किलो र नौ किलो सुन ल्याउने तस्करको सञ्जाल सत्तारुढ दल नेकपा माओवादीका नेता र कार्यकर्तावरिपरि देखिएको छ।

६० किलो सुन प्रकरण: सीआईबीले लियो दिपेश पुन र राहुल महराको बयान

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुन र माओवादी उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महराको बयान लिएको छ।

सुन तस्करी अनुसन्धानमा तगारो बन्यो प्रविधि

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान सुरु गरेयता नै उनीहरूले प्रयोग गर्ने मोबाइललगायत प्राविधिक डिभाइसहरूको परीक्षण गर्ने क्रममा सामाजिक सञ्जालले उपयोगमा ल्याएको वि–च्याट र ह्वाट्सएपमार्फत सञ्जाल विस्तार भएको पाइएको हो।

६० किलो सुन तस्करी प्रकरणमा १ जना पक्राउ

सोमबार केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ले ६० किलो सुन तस्करी प्रकरणमा जोडिएका एक जनालाई पक्राउ गरेको हो।

६० किलोमा पूर्वउपराष्ट्रपति पुनका छोरा जोडिए

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सुन तस्करीमा पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनमाथि अनुसन्धान सुरु गरेको छ।

भन्सारबाट चोरिएको नौ किलो सुन तस्करकै हातमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट चोरी भएको करिब नौ किलो सुन दाओजिन वाङकै हातमा पुगेर बिक्री भएको खुलेको छ। वाङ सुन तस्करीमा संलग्न चिनियाँ गिरोहका प्रमुख व्यक्ति हुन्।

नाटकीय ढङ्गले गायब पारिएको थियो विमानस्थलबाटै ९ किलो सुन

सिआइबी प्रतिवेदनमा उल्लेख भए अनुसार २०७९ पुस १० गते बिहान ७ बजे फ्लाई दुबईको उडान नम्बर एफजेड–०५८७ बाट नेपाल आएका चिनियाँ यात्री ली हानसोङले ई–सिगरेट (भेप) भित्र राखेर करिब ९ किलो सुन ल्याएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्