२० असार २०८१ बिहीबार
image/svg+xml

पावर प्लेमा दक्षिण अफ्रिकाविरुद्ध नेपालले ३२ रन बनायो

आईसिसी टी–२० विश्वकपमा दक्षिणअफ्रिका विरुद्ध नेपालले ३२ रन बनाएको छ । नेपाले ६ ओभरमा कुनै विकेट नगुमाएर ३२ रन बनाएको हो । नेपालका लागि कुसल भुर्तेलले १२ रन तथा आसिफ शेखले १४ रन बनाए ।

दक्षिण अफ्रिकाले ११५ रन बनायो, भुर्तेलले चार विकेट लिए

आईसिसी टी–२० विश्वकपमा नेपालविरुद्ध दक्षिणअफ्रिकाले ११५ रन बनाएको छ । दक्षिणअफ्रिकाले २० ओभरमा ७ विकेट गुमाएर ११५ रन बनाएको हो।नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ३ विकेट लिए । कुसल भुर्तेले ४ विकेट लिए ।

दक्षिण अफ्रिकाको पाँचौ विकेट गयो ,दिपेन्द्रले तेस्रो विकेट लिए

आईसिसी टी–२० विश्वकपमा दक्षिणअफ्रिका विरुद्ध नेपालले पाँचौ विकेट लिएको छ । दिपेन्द्र सिंह ऐरीले पाँचौ विकेट लिएका हुन । उनले व्यक्तिगत तेस्रो विकेट लिएका छन ।

दक्षिण अफ्रिकाको तेस्रो विकेट गयो ,कुशल भुर्तेलले दुई विकेट लिए

आईसिसी टी–२० विश्वकपमा दक्षिणअफ्रिका विरुद्ध नेपालले तेस्रो विकेट लिएको छ । कुशल भुर्तेलले तेस्रो विकेट लिएका हुन ।

आईसिसी टी–२० विश्वकप: दक्षिण अफ्रिका विरुद्ध नेपालले दोश्रो विकेट लियो

आईसिसी टी–२० विश्वकपमा दक्षिणअफ्रिका विरुद्ध नेपालले दोस्रो विकेट लिएको छ । कुशल भुर्तेलले दोस्रो विकेट लिएका हुन ।उनले एडेन माक्ररमलाई १५ रनमा आउट गरेका हुन । दक्षिण अफ्रिकाको दोस्रो विकेट ११ दशमलब २ ओभरमा ६८ रन हुँदा खसेको हो ।

आईसिसी टी–२० विश्वकप: दक्षिण अफ्रिका विरुद्ध नेपालले एक विकेट लियो

आईसिसी टी–२० विश्वकपमा दक्षिणअफ्रिका विरुद्ध नेपालले पहिलो विकेट लिएको छ । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले विकेट लिएका हुन । उनले क्विन्टन डि ककलाई १० रनमा आउट गरेका हुन

आईसिसी टी–२० विश्वकप: दक्षिण अफ्रिका विरुद्ध नेपालले टस जित्यो

आईसिसी टी–२० विश्वकपमा दक्षिणअफ्रिका विरुद्ध नेपालले टस जितेको छ । टस जितेर नेपालले पहिला फिल्डिङ रोजेको छ।

अमेरिका र आयरल्यान्डबिचको खेल वर्षाले प्रभावित

आईसिसी टी–२० विश्वकप क्रिकेट अन्र्तगत आयोजक अमेरिका र आयरल्यान्डविचको खेलमा टस हुन सकेको छैन। अमेरिकाको सेन्टरल ब्रोवार्ड रिजनल पार्क स्टेडियममा नेपाली समय अनुसार ८ः१५ बजेबाट हुनु पर्ने यी दुईबिचको खेल पानी परेर पिच सुख्खा नभएका कारण टसमा ढिलाई हुने भएको छ ।

दक्षिण अफ्रिकासँगको खेल अघि अभ्यासमा नेपाल

समूह ‘डी’ मा रहेको नेपाल आफ्नो सुपर ८ मा पुग्ने सम्भावनालाई कायमै राख्दै भोलि दक्षिण अफ्रिकासँगको भिडन्तका लागि मैदान उत्रने छ।

आयरल्यान्ड र अमेरिका भिड्दै, सुपर ८ मा पुग्ने अमेरिकाको लक्ष्य

आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत शुक्रवार अमेरिका र आयरल्यान्डबीच खेल हुँदैछ।

पीएनजीलाई हराउँदै अफगानिस्तान सुपर ८ मा

आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत अफगानिस्तानले पपुआ न्युगिनी (पीएनजी) माथि जित निकाल्दै सुपर ८ को यात्रा तय गरेको छ।

जब ब्याट्सम्यानको हेलमेटमा अड्कियो बल...

नेदरल्यान्ड्सविरुद्धको खेलमा ओपनर ब्याट्सम्यान तान्जिदसँग एउटा अनौठौँ घटना भयो जसले उनको आँखा गुम्न सक्थ्यो।

पपुआ न्युगिनीद्वारा अफगानिस्तानसमक्ष ९६ रनको लक्ष्य प्रस्तुत

आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत पपुआ न्युगिनीले अफगानिस्तानसमक्ष ९६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टी-२० विश्वकप क्रिकेटः टस हारेर पहिला ब्याटिङ्ग गर्दै पीएनजी

आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत पपुआ न्युगिनीले पहिला ब्याटिङ्ग गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्