२३ असार २०८१ आइतबार
image/svg+xml
खेल

पपुआ न्युगिनीद्वारा अफगानिस्तानसमक्ष ९६ रनको लक्ष्य प्रस्तुत

आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत पपुआ न्युगिनीले अफगानिस्तानसमक्ष ९६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

समूह ‘सी’ अन्तर्गत भइरहेको खेलमा टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको पपुुआ न्युगिनीले निर्धारित ओभरको १ बल बाँकी रहँदै सबै विकेट गुमाएर जम्मा ९५ रन मात्रै बनाउन सक्यो। 

पपुआ न्युगिनीका लागि किल्पिन डोरिगाले सर्वाधिक २७ रनको पारी खेले भने एली नाओले १३, टोनी उराले ११ रन जोडे। अन्य कुनैपनि खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन्।

पपुआ न्युगिनीलाई सस्तोमै समेट्न अफगानिस्तानका फजलहक फारुकीले सर्वाधिक ३ विकेट लिए भने नविन उल हकले २ र नूर अहमले १ विकेट लिए।

जारी प्रतियोगितामा पीएनजीले हालसम्म एक खेलमा पनि जित निकालेको छैन भने आजको खेलमा जित निकाल्दै अफगानिस्तान सुपर ८ मा पुग्न चाहन्छ।

प्रकाशित: ३२ जेष्ठ २०८१ ०७:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App