८ असार २०८१ शनिबार
image/svg+xml
खेल

आईसिसी टी–२० विश्वकप: दक्षिण अफ्रिका विरुद्ध नेपालले एक विकेट लियो

आईसिसी टी–२० विश्वकपमा दक्षिणअफ्रिका विरुद्ध नेपालले पहिलो विकेट लिएको छ । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले विकेट लिएका हुन । उनले क्विन्टन डि ककलाई १० रनमा आउट गरेका हुन । दक्षिण अफ्रिकाको पहिलो विकेट ३ दशमलब ४ ओभरमा २२ रन हुँदा खसेको हो । टस जितेर  नेपालले  पहिलाफिल्डिङ रोजेको छ।

सन्दीप लामिछाने प्लेइङ ११ मा समेटिएका छन्। सागर ढकालको ठाउँमा सन्दीपलाई टोलीमा राखिएको छ । बाँकी नेदरल्यान्ड्ससँग पहिलो खेलकै टोली रहेको छ।

दक्षिण अफ्रिकाको प्लेइङ :क्विन्टन डि कक, रिजा हेन्ड्रिक्स, एडेन माक्ररम, हेनरिक क्लासेन, डेविड मिलर, ट्रिस्टन स्टब्स, मार्को यानसन, कागिसो रबाडा, एनरिक नोर्किया, ओटनिल बार्टमान र तबरेज शाम्सी

नेपालको प्लेइङ : कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, रोहित पौडेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र अभिनाश बोहरा ।

प्रकाशित: १ असार २०८१ ०५:३५ शनिबार

#t_20worldcup