८ असार २०८१ शनिबार
image/svg+xml
खेल

पीएनजीलाई हराउँदै अफगानिस्तान सुपर ८ मा

आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत अफगानिस्तानले पपुआ न्युगिनी (पीएनजी) माथि जित निकाल्दै सुपर ८ को यात्रा तय गरेको छ।

समूह ‘सी’ अन्तर्गत आज भएको खेलमा अफगानिस्तानले पपुआ न्युगिनीलाई ७ विकेटले हराउँदै जित हात पारेको हो। जितसँदै अफगानिस्तान समूह सी को शीर्ष स्थानमा उक्लिँदै सुपर ८ मा पुगेको हो।

पपुुआ न्युगिनीले दिएको ९६ रनको लक्ष्यसहित मैदान उत्रेको आफगानिस्तानले निर्धारित ओभरको १५.१ ओभर खेल्दै जम्मा ३ विकेट गुमाएर जित हासिल गर्यो।

अफगानिस्तानको जितका लागि गुलबदिन नाइबले नट आउट रहँदै सर्वाधिक ४९ रनको पारी खेले भने मोहम्मद नवीले नट आउट रहँदै १६ रन जोडे।

त्यसअघि टस हारेर पहिला ब्याटिङ्ग गरेको पपुुआ न्युगिनीले निर्धारित ओभरको १ बल बाँकी रहँदै सबै विकेट गुमाएर ९५ रन मात्रै बनाउन सक्यो। पपुआ न्युगिनीका लागि किल्पिन डोरिगाले सर्वाधिक २७ रनको पारी खेले भने एली नाओले १३, टोनी उराले ११ रन जोडे। अन्य कुनैपनि खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन्।

पपुआ न्युगिनीलाई सस्तोमै समेट्न अफगानिस्तानका फजलहक फारुकीले सर्वाधिक ३ विकेट लिए भने नविन उल हकले २ र नूर अहमले १ विकेट लिए।

प्रकाशित: ३२ जेष्ठ २०८१ ०९:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App