२१ मंसिर २०८२ आइतबार
image/svg+xml
प्रविधि

नेपालमा पनि चल्न थाल्यो गुगल ‘स्ट्रिट भ्यू’ को जादू

तस्बिर : गुगल

गुगलले नेपालमा सडक दृश्य (स्ट्रिट भ्यू) सेवा सुरु गरेको छ। यो सेवाले फोन वा कम्प्युटरबाट काठमाडौंका गल्लीहरू, तराईका मैदानहरू र हिमालयका दृश्यहरू ३६० डिग्रीमा हेर्न सकिन्छ। प्रयोगकर्ताले गुगल नक्सामा ३६० डिग्री तह छानेर वा नक्सामा पहेंलो ‘पेगम्यान’ तानेर यो सुविधा प्रयोग गर्न सक्छन्।  

गुगलले भनेको छ, ‘स्ट्रिट भ्यू अब नेपालमा उपलब्ध छ। तपाईं काठमाडौंका चहलपहल सडकहरू, तराईको शान्त सौन्दर्य र हिमालयका मनमोहक दृश्यहरू भर्चुअल रूपमा हेर्न सक्नुहुन्छ। नेपालको समृद्ध वास्तुकला, प्राचीन मन्दिर र जीवन्त बजारहरूमा पनि डुब्न सक्नुहुन्छ।’  

कसरी प्रयोग गर्ने?
गुगल नक्सा खोल्नुहोस्, नेपालको कुनै स्थान खोज्नुहोस् र ३६० डिग्री दृश्य (भ्यू) मा ट्याप गर्नुहोस् वा पेगम्यानलाई सडक वा ठाउँमा तानेर सुरु गर्नुहोस्। यो सेवा शुक्रबारदेखि उपलब्ध भएको हो।  

यो सुविधाले पर्यटन, संस्कृति र स्थानीय व्यवसायलाई सहयोग गर्छ। यसले सडक स्तरमा स्थानहरूको वास्तविक दृश्य देखाउँछ। पहिले सगरमाथा र खुम्बु क्षेत्रमा सीमित यो सेवा अब देशभरका सडक र सहरहरूमा विस्तार भएको छ।

प्रकाशित: ३१ श्रावण २०८२ ११:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App