२२ मंसिर २०८२ सोमबार
image/svg+xml
प्रविधि

सामाजिक सञ्जालमा नियमन आवश्यक, तयारी अपूर्ण

चिरञ्जीवी अधिकारी, आइटी विज्ञ

आइटी विज्ञ चिरञ्जीवी अधिकारीले सामाजिक सञ्जालको  नियमन आवश्यक भए पनि सरकारको तयारी अपूर्ण रहेको बताए। कम्प्युटर एसोसिएसन नेपाल महासङ्घका वरिष्ठ उपाध्यक्षसमेत रहेका अधिकारीले साइबर अपराध नियन्त्रणका लागि स्पष्ट नीति, पर्याप्त स्रोतसाधन र सार्वजनिक–निजी साझेदारीको आवश्यकता औँल्याए।

‘नीति बनाउनु मात्र होइन, व्यवहारमा लागु गर्नुपर्छ। इथिकल ह्याकरको सहयोग लिएर सरकारी प्रणालीको सुरक्षा परीक्षण गर्नुपर्छ,’ उनले भने।

अधिकारीले सामाजिक सञ्जाललाई दर्ता अनिवार्य गर्ने निर्णय सही भए पनि कार्यान्वयन चुनौतीपूर्ण रहेको बताए। उनले भने, ‘हिजोसम्म प्रयोगकर्ताले गैर सूचीकृत प्लेटफर्म प्रयोग गरिरहेका थिए। अचानक बन्द गर्दा असन्तोष बढ्न सक्छ। विकल्प र पूर्व तयारी चाहिन्छ।’

यो पनि पढ्नुहोस्

मेटा-सरकार सम्पर्क प्रयास: विकल्पबिनै सामाजिक सञ्जालमा रोक

 

प्रकाशित: २० भाद्र २०८२ ०६:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App