गुगलले यसको समाधानको खोजीमा एक फड्को मारेको छ। गुगलबाट तपाइँ अब भाइबर, ह्वाट्सएप अथवा वीच्याटमा साथीलाई मेसेज पढाउन सक्नुहुनेछ।
इन्ड्रोइडको नयाँ अपडेटपछि गुगलको माध्यमबाट अर्को च्याट एपमा साथीलाई मेसेज पठाउने सुविधा थपिएको हो। यस्तो मेसेज पठाउनका लागि बोलेरै निर्देशन दिए पुग्छ। फोनमा बोलेर तपाइँले दिएको निर्देशनलाई गुगलले लिखित रुपमा साथीलाई पठाइदिनेछ।
'गुगल, सेन्ड अ म्यासेज टू ऋचा' भन्नुभयो भने गुगल एड्रेस बुकबाट धेरै ऋचालाई खोजेर निकाल्नेछ। जसलाई म्यासेज पठाउने हो उसको सही नाम छानेपछि आफ्नो म्यासेज भाइबर, ह्वाट्स एप वा वीच्याट केमा पठाउने हो निश्चित गर्नुपर्दछ।
यसपछि तपाइँ आफ्नो मेसेज बोल्न सक्नुहुन्छ जुन टेक्समा बद्लिएर जानेछ। अथवा तपाइँलाई टाइप गर्ने जाँगर चल्यो भने टाइप गर्न पनि सक्नुहुन्छ। केही मिनेटमै यस्तो म्यासेज तपाइँको साथीकोमा पुग्नेछ।
यो सेवा पाउनका लागि तपाइँले प्ले स्टोरमा गुगल एपको सबैभन्दा नयाँ भर्सन डाउनलोड गर्नुपर्ने हुन्छ। अहिलेलाई गुगलले वीच्याट, भाइबर, ह्वाट्सएप, टेलिग्राम तथा नेक्सट्प्लसका लागि मात्र यो सेवा दिएको छ।
अंग्रेजीमा उपलब्ध यो सेवाले अन्य भाषामा पनि काम गर्छ वा गर्दैन अहिले भन्न सकिँदैन। मानव जीवनका हरेक पक्षको हिस्सा बन्न चाहने गुगलले छिटै अन्य भाषाका लागि पनि यो सुविधा ल्याउन सक्छ।
प्रकाशित: १८ श्रावण २०७२ १०:१० सोमबार





