२४ पुस २०८२ बिहीबार
image/svg+xml
प्रविधि

एन्ड्रोइड ट्याबमा एसएमएस कसरी पढ्ने?

ठूलो स्क्रिनमा पढ्नु आँखाका लागि सजिलो हो। यदि तपाइँ सानो फोन र ठूलो एन्ड्रोइड ट्याब चलाउनु हुन्छ भने अब ट्याबमा टेक्स मेसेज पढ्न सकिन्छ। यसका लागि सबैभन्दा पहिला इन्ड्रोइड फोनलाई आफ्नो ट्याबसँग सिङ्क गर्नुपर्दछ। त्यसपछि सबै मेसेज, भिडियो तथा फोटो ठूलो स्क्रिनमा देख्न सकिन्छ। एन्ड्रोइड एप माइटी टेक्स्टका माध्यमबाट यो सम्भव हुने भएको हो।

 

गुगल प्ले स्टोरमा माइटी टेक्स्ट डाउनलोड गर्नोस्। सेटअप गरिसकेपछि ओके बटन क्लिक गर्नुहोस्। त्यसपछि एपले सोध्नेछ, तपाइँले गुगलको कुन अकाउन्ट प्रयोग गर्ने हो? त्यसपछि आफ्नो ट्याबको mightytext.net/app गएर एप इन्स्टल गर्न कमान्डमा क्लिक गर्नुहोस्। यसले तपाइँलाई गुगल प्ले स्टोरको एपमा पुर्या्उँछ। त्यहाँ ट्याब्लेट एसएमएस सेलेक्ट गरेर एपलाई इन्स्टल गर्नोस्। अब गुगल अकाउन्ट सेलेक्ट गरेर एपलाई सुरु गर्नोस्।

एप सुरु हुनासाथ तपाइँको ट्याबमा इनबक्स जस्तो आइकन देखिनेछ। जहाँ तपाइँले आफ्नो फोनको मेसेज पढ्न सक्नुहुनेछ। फोनमा नयाँ एसएमएस आउना साथ त्यसको नोटिफिकेसन ट्याबमा देखिनेछ। नोटिफिकेसन अफ गर्ने विकल्प पनि तपाइँलाइ हुनेछ।

प्रकाशित: २३ असार २०७२ ०२:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App