८ पुस २०८२ मंगलबार
image/svg+xml
प्रविधि

टेलिकमको 'क्लोज युजर ग्रुप'मा ४० देखि ५० पैसा मात्र शुल्क

काठमाडौं– नेपाल टेलिकमले जिएसएम पोष्टपेड सेवाका ग्राहकहरूले आवश्यक संख्यामा 'क्लोज युजर ग्रुप' निर्माण गरेमा उक्त ग्रुपमा आवद्ध ग्राहकहरुलाई ४० देखि ५० पैसा मात्र लाग्ने जनाएको छ।टेलिकमले आगामी मंसिर १० गते देखि भ्वाइस कलमा नयाँ महसुल दर कायम गरेको हो।

टेलिकमले ५० देखि ५ सय संख्यासम्मको समूह बनाएर भ्वाइस कल गर्दा लाग्ने महसुल दर मंसिर १० गतेदेखि लागू हुने जनाएको छ। टेलिकमका अनुसार ५० देखि सय जनासम्म सानो समूहभित्रका कलरले एक अर्कालाई भ्वाइस कल गर्दा ५० पैसा लाग्ने जनाएको छ। त्यस्तै, एकसय एकदेखि दुई सय जनासम्मका मध्यम स्तरको समूहभित्र ४५ पैसामा भ्वाइस कल गर्न सकिने छ भने दुई सयदेखि ५ सयसम्मका ठूला स्तरको समूह बनाएमा जम्मा ४० पैसामा भ्वाइस कल गर्न सकिने टेलिकमले जनाकारी दिएको छ।

टेलिकमले यो महसुल दरमा कर समावेश गरेको छैन। 'क्लोज युजर ग्रुप' सुविधा लिन चाहने कर्पोरेट समूहले ग्रुपमा राख्न चाहने ग्राहकको नामावली अन्य कागजातसहित उपत्यकाको लागि मोबाइल सेवा निर्देशनालय पुल्चोक र उपत्यकाबाहिरका लागि सम्बन्धित क्षेत्रीय निर्देशनालयमा सम्पर्क गर्नुपर्नेछ।

जिएसएम पोष्टपेड सेवाका ग्राहकहरूले मासिक रुपमा तिर्नुपर्ने न्युनतम महसुल तीन सय रुपैयाँभित्र नै यो सुविधा पनि उपभोग गर्न सकिने टेलिकमले जनाएको छ। सदस्यता निशुल्क भएको पनि टेलिकमले जनाएको छ।

सदस्यहरूको समूह समूहको आकार प्रतिमिनेट लाग्ने पैसा

१‍‍‌‍.          ५०–१०० सानो ५०

२.          १०१–२०० मध्यम ४५

३.          २०१–५०० ठूलो ४०

प्रकाशित: ८ मंसिर २०७२ ०६:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App