२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

आगामी महाधिवेशनमा उपसभापति लड्ने दीपक गिरीको घोषणा

<br>

नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले पार्टीको आगामी महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

मंगलबार नेपाली कांग्रेस बाँकेको नवनिर्मित ‘सुशील कोइराला स्मृति भवन’ को उद्घाटन समारोहमा बोल्दै गिरीले औपचारिक रूपमा आफ्नो दावेदारी प्रस्तुत गरेका हुन्।

पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईको १०२औं जन्मजयन्तीको अवसर पारेर उनले यस्तो घोषणा गरेका हुन्।

आफ्नो उम्मेदवारी घोषणाका लागि नेपालगन्ज नै रोज्नुको कारण खुलाउँदै गिरीले बाँकेसँग आफ्नो लामो र भावनात्मक सम्बन्ध रहेको बताए।

‘बाँके मेरो राजनीतिक जीवनसँग जोडिएको छ, त्यसैले यहीँको मञ्चबाट उपसभापति पदमा लड्ने घोषणा गर्दछु,’ उनले भने।

नेता गिरीले आफू कुन समूह (प्यानल) बाट उम्मेदवार बन्ने भन्ने विषय भने अहिले नै निर्क्योल नभइसकेको बताए। ‘कुन समूहबाट लड्ने भन्ने कुरा समय क्रममा टुंगो लाग्नेछ,’ उनले स्पष्ट पारे।

१४ औं महाधिवेशनमा उनी डा. शेखर कोइराला समूहबाट खुलातर्फको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।

२०७३ सालमा सिँचाइ मन्त्रीको जिम्मेवारी सम्हालिसकेका गिरी २०७९ को आम निर्वाचनमा दाङ क्षेत्र नम्बर-३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

प्रकाशित: ८ पुस २०८२ २१:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App