पाण्डाको मुख्य खान्की भनेको बाँस हो। यसले कडा बाँसलाई चपाएर पनि पचाउन सक्छ। यस किसिमको पाचन प्रणाली अन्य प्राणीमा पाइँदैन। वैज्ञानिकहरुले पाण्डामा पाइने सूक्ष्मअंगले कसरी काम गर्दोरहेछ भन्ने जान्न चाहिरहेका छन्।
'पाण्डाको खान्कीमा प्रयोग हुने कडा बाँसलाई पचाउने क्रियामा जुन इन्जाइम प्रयोग हुन्छ, त्यो नितान्त नयाँ किसिमको इन्जायम हो,' घेन्ट विश्वविद्यालयका बायोकेमिकल तथा माइक्रोबायल टेक्नोलजीका प्राध्यापक कोरनील रबेईले भने। बेल्जियमको पैरी डायजा चिडियाखानामा रहेको ठूलो पाण्डाअगाडि उभिएका रबेईले यस किसिमको सूत्र थाहा पाउन पाए काम लाग्थ्यो भन्ने सोचिरहेका छन्।
'यदि यो पत्ता लगाउन सकेको खण्डमा हामीले नयाँ, सस्तो किसिमको दोस्रो पुस्ताको बायोफ्युल बनाउन सक्षम हुने थियौं,' उनले भने। यसअघि पनि बायोफ्युल बनाउने प्रयास भएको थियो रत्यसका लागि मकैको अन्न र उखु प्रयोग गर्ने गरिएको थियो।
छ वर्षे पाण्डा जिङ हुई (चम्किलो तारा) र उसको स्त्री साथी हाओ हाओ (दयालु) ले तिनको आची वैज्ञानिकहरुले गएको सोमबार सोहेर्दै गर्दा बिल्कुलै चासो देखाएनन्। यी दुवैले दैनिक १० केजी बाँसका पात र हाँगाबिँगा खाने गर्दछन्।
'यो अध्ययनले मानव जातिलाई मात्र होइन पाण्डालाई पनि सहयोग हुन्छ,' वैज्ञानिक रबेईले भने, 'यसले हामीलाई के बुझ्न सघाउँछ भने आदिकालदेखि यी जनावरहरुले खाली विशेष किसिमको खान्की मात्रै किन खान्छन्? यिनीहरुलाई बाँसका कलिला मुना र हाँगाबिँगा नै किन मन परेको होला भन्ने बुझ्न पनि सघाउ पुग्ने आशा मैले लिएको छु।'
प्रकाशित: १५ आश्विन २०७२ ०५:३५ शुक्रबार





