११ पुस २०८२ शुक्रबार
image/svg+xml
प्रविधि

अब संविधान माेबाइल एपमै पढ्न सकिने

काठमाडाै‌ं– नेपालले नयाँ संविधान पाएको खुसीको क्षणमा हरेकले संविधान सहज रुपमा अध्ययन गर्न पाउन भन्ने उद्देश्यले एनआईटीभी मिडिया प्रालीले 'नेपालको संविधान' नामक सफ्टवेयर एप्लिकेशन सार्वजनिक गरेको छ।

२००७ सालमा राणा प्रधानमन्त्री मोहन शमशेरले आन्दोलन साम्य पार्न संविधानसभाको घोषणा गरेको सन्दर्भदेखि पछिल्लो पटक संविधानको मस्यौदामाथि मतदान सुरु भएपछिका घटनाक्रमहरुलाई सो एपमा राखिएको छ। कम्पनीका अनुसार सूचना र प्रविधिको क्षेत्रमा भैरहेको विकासको सही प्रयोगले आम नागरिकको सूचना प्राप्तिको हकको सम्मान गर्दै सो एप सार्वजनिक गरिएको हो।

यसले देश–विदेशमा रहेका नेपालीहरुले संविधान निर्माण क्रम र जारी संविधान सहज रुपमा अध्ययन गर्न सक्नेछन् । निःशुल्क टेलिभिजन एप 'नेट टिभी नेपाल' समेत सार्वजनिक गरेको सो कम्पनीले जनाएकाे छ। देश–विदेशमा रहेका नेपालीहरुको सुविधाका लागि विभिन्न प्याकेजहरु समेत सार्वजनिक गर्ने तयारी गरिरहेकाे कम्पनीले जानएकाे छ।

प्रकाशित: ४ आश्विन २०७२ ०७:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App