२३ पुस २०८२ बुधबार
image/svg+xml
प्रविधि

फेसबुक, ट्विटरमा आउने स्पाम हटाउन एन्टिभाइरस

काठमाडौं–सागर इन्फोसिसले मोबाइल, ल्यापट, ट्यावलेट तथा सामाजिक संजालहरू फेसबुक, ट्विटरमा आउने भाइरस स्पाम हटाउने एन्टिभाइरसको नयाँ संस्करण बजारमा ल्याएको छ।

पछिल्लो समय मोबाइलमा सामाजिक सञ्जाल धेरै चलेको यसको सुरक्षाको लागिसेक्युरिटीसहित क्यास्परस्की ल्याबको २०१६ नयाँ संस्करण बजारमा लाएको कम्पनीले जनाएको छ। 'क्यास्परस्की एन्टीभाइरस २०१६, क्यास्परस्की इन्टरनेट सेक्युरिटी २०१६, क्यास्परस्की इन्टरनेट सेक्युरिटी – मल्टी डिभाइस २०१६, क्यास्परस्की टोटल सेक्युरिटी –मल्टी डिभाइस २०१६" को नेपाली बजारमा आधिकारिक बिक्री वितरण शुभारम्भ भएको बिहीबार जानकारी गरायो ।

स्मार्टफोन÷ट्याबलेट जस्ता एण्ड्रोइड डिभाइसहरूको प्रयोग एवं फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालहरुमा सक्रिय रहने प्रयोगकर्ताहरुको संख्या दिनानुदिन बढिरहेको बेला भाइरसको भाइरसको आक्रमण पनि बढिरहेको छ । क्यास्परस्की ल्याबको अनुसन्धान अनुसार विश्वमा दैनिक ३ लाख २५ हजार किसिमका नयाँ भाइरसहरु देखा परिरहेको यथार्थ पनि विद्यमान रहेको छ ।

इन्टरनेटको प्रयोग डेस्कटप, ल्यापटप कम्प्युटरमा मात्र सिमित नभई मोबाइल÷ट्याबलेटमासमेत व्यापक सुविधा उपलब्ध भइसकेको छ । स्काइप, भाइबर, ह्वाट्सएप, फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालमा दैनिक अरबौंको संख्यामा आदान–प्रदान हुने फोटो, भिडियो एवं सन्देशहरू लगायतका डिजिटल डाटाहरु दैनिक जिवनका अंग बन्न पुगेको छन् । साथै बालबालिका तथा किशोर उमेरका प्रयोगकर्ताहरुको समूह तिब्र वृद्धिकोे क्रममा छ।

। पछिल्ला दिनहरुमा प्रयोगकर्ताको डिजिटल परिचय सम्बन्धी युजरनेम, पासवर्ड, क्रेडिट कार्ड विवरण लगायत व्यक्तिगत डाटाहरु चोरी गर्नका लागि बनाइने नक्कली वेब पेजहरु अर्थात् फिसिङ् वेबसाइटहरु साइबर अपराधीहहरुले प्रमुख हतियारका रुपमा प्रयोग गर्दै आइरहेका छन् । मासिक १ लाख ५० हजारभन्दा बढीको संख्यामा निर्माण भइरहेका यस्ता फिसिङ् वेबसाइटहरुले विन्डोज, म्याक वा एन्ड्रोइड अपरेटिङ् सिस्टमयुक्त डेस्कटप, ल्यापटप, ट्याबलेट, स्मार्टफोनजस्ता जुनसुकै डिभाइस वा जुनसुकै अपरेटिङ् सिस्टममा आक्रमण गर्ने गरेको छ ।

इन्टरनेटको असिमित सुविधासंगै व्याप्त यी सबैखाले जोखिमबाट प्रयोगकर्ताहरुका व्यक्तिगत डाटा, गोप्यता तथा डिजिटल परिचय, बैंकिङ्, आर्थिक कारोबार, अनलाइन खरीद बिक्री र सामाजिक सञ्जालहरुलाई सुरक्षित बनाउँदै 'वि हेल्प पिपुल टु प्रोटेक्ट ह्वाट म्यार्टस् मोस्ट इन देयर लाइफ' भन्ने उद्देश्य सहित क्यास्परस्की ल्याबले मोबाइल डिभाइसहरुलाई विशेष ध्यानमा राख्दै इन्टरनेट प्रयोग गर्न मिल्ने सबैखाले डिभाइसहरुको सुरक्षाका लागि २०१६ संस्करणको विभिन्न प्रडक्टहरु नेपाली बजारमा प्रस्तुत गरेको जनाएको छ । सागर इन्फोसिसले शुभारम्भको अवसरमा एण्ड्रोइड मोबाइल सेक्युरिटी १–डिभाइसको एमआरपी मूल्य ८ सय ५० कायम गरेको छ भने विना सपोर्ट खरीद गर्न चाहने उपभोक्ताका लागि न्यूनतम मूल्य ६०० रुपैयाँमै उपलब्ध हुनेछ । यसैगरी अन्य एण्टी–भाइरस र इन्टरनेट सेक्युरिटी प्रडक्टहरुमा ४०% देखि ५०% सम्म छुटको व्यवस्था पनि गरेको छ ।

यसरी उपभोक्ताहरुले क्यास्परस्की २०१६ को संस्करण क्यास्परस्की ल्याबको आधिकारिक वेबसाइटमा उल्लेखित अन्तर्राष्ट्रिय मूल्यको तुलनामा ६ देखि ८ गुणाभन्दा कम मूल्यमा खरीद गर्न सक्नेछन् । १–डिभाइस, ३–डिभाइस र ५–डिभाइसको प्याकमा उपलब्ध गरिएको नयाँ प्रडक्टहरु धेरै परिमाणमा एकै पटक खरीद गर्ने स्कूल, कलेज, विद्यार्थी, कर्पोरेट, सरकारी कार्यालय, मिडिया÷पत्रकार, एनजिओ आईएनजिओ का कर्मचारीहरुका लागि थप छुटको पनि व्यवस्था गरेको छ ।

प्रकाशित: १७ भाद्र २०७२ ०७:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App