नेपालमा सफ्टवेयर, सोलुसन र सर्भिसेसको विकास तथा विस्तारका लागि यस्ता कार्यक्रमहरु आवश्यक भएको महासंघले जनाएको छ। प्रदर्शनीहरुमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सफ्टवेयर, सोलुसन्स्, सर्भिसेस र कम्युनिकेसनसँग सम्बन्धित कम्पनीहरुले भाग लिँदा सर्वसाधारणले सबै किसिमका जानकारी एकै स्थानबाट सजिलै पाउने आशा हामीले लिएका छौं। नेपाललाई सफ्टवेयर सोलुसन तथा सर्भिसेजको क्षेत्रमा वैकल्पिक गन्तव्यको रुपमा चिनाउन तथा यसका लागि चाहिने नीतिनिर्माण तथा यस सम्बन्धमा हुन सक्ने विकासमा टेवा पुर्याैउन समेत यस्ता कार्यक्रमले सहयोग पुर्याहउने क्यानले अपेक्षा गरेको छ।
वदेशी तथा विदेशी सफ्टवेयर, सर्भिसेस एन्ड सोलु्सन्स र कम्युनिकेसन सम्बन्धि कम्पनीहरुले भाग लिने क्यान सफ्टेक २०१५ को टाइटल स्पोन्सर सुबिसु केवलनेट र एसोसिएट स्पोन्सरको रुपमा एक्सेस वर्ल्ड टेक रहेकालेे संस्करणको नाम 'सुबिसु क्यान सफ्टेक २०१५ इन एसोसिएसन विथ एक्सेस वर्ल्ड' रहेको छ। सुबिसु २०७२ सालमा हुने क्यान सफ्टटेक २०१५, क्यान इन्फोटेक २०१६ र क्यान आइसिटी कन्फरेन्स २०१६ तीन वटा कार्यक्रमहरुको टाइटल स्पोन्सर रहेको छ।
यसमा १४२ वटा स्टलहरु रहनेछन्। हाल सम्म ७० प्रतिशत स्टल निश्चित भईसकेका छन्। जसमा सफ्टवेयर, कम्प्युटर शिक्षा, कम्प्युटर सुरक्षा, वैकिङ, सूचना व्यवस्थापन, लेखा व्यवस्थापन, एन्टिभाइरस र अस्पताल व्यवस्थापन लगायतका सफ्टवेयरहरु रहेका छन्। सेवा सम्बन्धि क्षेत्रमा, इन्टरनेट सेवा, केबल तथा टेलिभिजन सम्बन्धि सेवा, त्यस्तै सोलुसनको क्षेत्रमा सेक्युरिटी सोलुसन्स्, वायरलेस सोलुसन्स्, प्रिन्टिङ सोलुसन्स्, पावर सोलुसन्स् र विभिन्न एप्लीकेसन सहितका ट्याबलेटहरुसँग सम्बन्धित स्टलहरु छन्। साथै कम्प्युटर र सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले स्मार्ट मोबाईल र ल्यापटप सहितका स्टलहरु थप गरिएको छ।
नेपाल सरकारका विभिन्न निकायहरुले गरिरहेका सूचना तथा सञ्चार प्रविधिको अभ्याससँग सम्बन्धित गतिविधिहरुको प्रदर्शन पनि आकर्षणका रुपमा रहनेछ। गत वर्षको क्यान सफ्टेकमा एक लाख ३१ हजार अवलोकनकर्ता थिए। यो पटक एक लाख ५० हजार सम्मको हाराहारी पुग्ने अनुमान क्यानको छ। अवलोकनका लागि सर्वसाधारणहरुलाई प्रवेश शुल्क ५० र विद्यार्थीलाई २५ रुपैयाँ तोकिएको छ। साथै कलेज तथा स्कुलका विद्यार्थीहरु सम्बन्धित कलेज तथा स्कुलको पत्र सहित आएमा टिकट दरमा विशेष छुट प्रदान गरिने क्यानले जनाएको छ।
सूचना तथा सञ्चार प्रविधि सम्बन्धि जानकारी आम जनमानसमा हुनुपर्दछ भन्ने मुलनाराका साथ उक्त प्रदर्शनीको अवलोकनका लागि सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा कार्यरत व्यक्तिहरु, सफ्टवेयर उद्योगीहरु, सफ्टवेयर प्रयोगकर्ताहरु, नीति निर्माताहरु, सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अध्ययनरत विद्यार्थीहरु, सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत तथा यस क्षेत्रमा चासो राख्ने नेपाल सरकारका विभिन्न निकायहरु, बैंक तथा वित्तीय संस्थाहरु, स्कुल कलेजहरु तथा अन्य निजी क्षेत्र, कुटनितीक नियोगका प्रतिनिधिहरु समेतबाट प्रदर्शनीको अवलोकन हुने अपेक्षा क्यानले गरेको छ।
प्रकाशित: २८ श्रावण २०७२ २१:०८ बिहीबार





