नयाँ प्लानमा अब ग्राहकले ७ दिनसम्म मान्य रहने ५० एमबी, १२५ एमबीवा २५० एमबीका साप्ताहिक प्याक पनि लिन सक्छन्। ५० एमबीको प्याक लिँदा प्रतिएमबी ७० पैसा पर्न आउँछ भने १२५ एमबीको प्याक लिँदा ४८ पैसा प्रतिएमबी र २५० एमबीको प्याक लिँदा ४४ पैसा प्रति एमबी पर्न आउँछ।
साथै एकै पटक ३० दिनसम्म डेटा सुनिश्चित गर्न चाहने ग्राहकले अब १ हजार एमबी, २ हजार एमबी र ३ हजार एमबीका मासिक प्याक लिन सक्छन्। यसरी १ हजार एमबीको मासिक प्याक लिँदा प्रति एमबी डेटाको मूल्य ५५ पैसा पर्न आउँछ भने २ हजार एमबीको प्याक लिँदा ४३ पैसा प्रतिएमबी र ३ हजार एमबीको प्याक लिँदा ३८ पैसा प्रतिएमबी पर्न आउँछ। मूल्य कर बाहेक भएको कम्पनीले जनाएको छ।
आफ्ना ग्राहकलाई सुलभ दरमा गुणस्तरिय डेटा सेवा प्रदानगर्ने प्रतिबद्धता बमोजिममूल्यमा समायोजन गरिएको एनसेलकाकर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने। साथै नयाँ प्लानम ग्राहकलाई पहिलो पटक साप्ताहिक प्याक पनि लिन सकिने सुविधा रहेको छ। यसले ग्राहकलाई आफनो आवश्यकता बमोजिमको प्याक छान्नलाई थप सहज बनाउने विश्वास उनले व्यक्त गरे।
प्याक नलिई मोवाईलबाट सहजै ईन्टरनेट चलाउन सकिने भएपनिप्याकमा डेटाको मूल्य सुलभ हुने भएकोले एनसेलले आफ्नाग्राहकलाई प्याकलिएर डेटा चलाउन सुझाउँदै आएको छ।
प्रकाशित: ११ श्रावण २०७२ २२:२४ सोमबार





