१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

सभामुख चयनका लागि प्रदेशसभा बैठक बस्दै

मधेस प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। प्रदेश सभामा रिक्त रहेको सभामुख चयनको प्रक्रिया अगाडि बढाउन प्रदेश सभा बैठक आह्वान गरिएको हो।

प्रदेश सभा बैठक बस्नुअघि उपसभामुख बबिता राउत ईशरको कार्यकक्षमा सर्वदलीय बैठक बोलाइएको छ।

प्रदेश सभाको बैठकबाट सभामुख निर्वाचन प्रक्रियालाई अनुमोदन गरिने र त्यस लगत्तै निर्वाचनको कार्यतालिका प्रकाशित गरिने प्रदेश सभा सचिवालयले जनाएको छ।

गत मंसिर ३ गते तत्कालीन सभामुख रामचन्द्र मण्डलले पदअनुकूल आचरण नगरेको प्रस्ताव दुई तिहाईले पारित भएपछि उक्त पद रिक्त छ।

मधेस सरकारमा हाल ७ दल सहभागी रहेकोमा नेपाली कांग्रेसले मुख्यमन्त्री पाएको छ भने गठबन्धनभित्र दोस्रो ठूलो दल रहेको जसपा नेपालले सभामुखमा दावी गर्दै आएको छ।

यता मधेस प्रदेशको मन्त्रीपरिषद् विस्तार भएसँगै सात दलभित्र मतभेद समेत सुरु भएको छ। जनमत पार्टीले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय नपाएपछि पार्टीका उपाध्यक्ष वसन्त कुशवाहाले सामाजिक सञ्जालमै आपत्ति जनाउँदै सरकार छाड्नेसम्मको चेतावनी दिएका थिए ।

प्रकाशित: २ पुस २०८२ १२:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App