काठमाडौं–माइक्रोम्याक्सले ग्राहकको सुविधालाई मध्यनजर गर्दै पहिलो सोरुम खोलेको छ। सोरुमको उद्घाटन नेपाली क्रिकेटर बसन्त रेग्मी र मुरारका अर्गनाइजेसनका अध्यक्ष पशुपति मुरारकाले गरेका हुन।नयाँ वर्ष सुरु भएसँगै माइक्रोम्याक्सले काठमाडौंको पाको, न्युरोडस्थित ताम्राकार हाउसमा सोरुम‘माइक्रोम्याक्स वर्ल्ड' सञ्चालनमा ल्याएको हो। सोही अवसरमा माइक्रोम्याक्सले ललिपप ५.० अपरेटिङ सिस्टम भएको नयाँ मोबाइल माइक्रोम्याक्स क्यानभास फायर फो पनि बजारमा ल्याएको छ।
उक्त मोबाइलमा ४.५ इन्चको स्त्रि्कन रहेको छ भने यसमा १.३ गिगार्हज प्रोसेसर रहेको छ। सोरुमको उद्घाटनको अवसरमा माइक्रोम्याक्सले ग्राहकहरुका लागि विभिन्न उपहार तथा योजनाहरु प्रस्तुत गरेको छ। ग्राहकहरुले मोबाइल स्टिकर, सेल्फीस्टयान्ड, मेमोरी कार्ड, पावर बैँक, ब्लुटुथ जस्ता सामग्रीहरु उपहारका रुपमा पाउने छन्।
प्रकाशित: २ वैशाख २०७२ २१:५७ बुधबार