२ माघ २०८२ शुक्रबार
image/svg+xml
प्रविधि

हुवावेको सिडिएमए स्मार्टफोन

काठमाडौं– हुवावे मोबाइलले नेपाली बजारमा नयाँ जिएसएम प्लस सिडिएमए स्मार्टफोन भिœयाएको छ। यसलाई हुवावेले नेपाली बजार सुहाउँदो स्मार्टफोन भनेको छ। यसमा जिएसएम र सिडिएम दुवै नेटवर्क प्रयोग गर्न सकिन्छ।कम्पनीले ल्याएको नयाँ स्मार्टफोनमा १ जिबीको र्यायम राखिएको छ। उच्च क्षमताको र्यााम भएको हुँदा मोबाइल प्रयोगकर्ताले विभिन्न किसिमका एप्स निकै सहजरुपमा चलाउन सक्ने कम्पनीले जनाएको छ। यो स्मार्टफोनमा ४ जिबीको आन्तरिक मेमोरी रहेको छ जसलाई माईक्रो एसडी कार्डको मद्दतले बढाउन सकिन्छ। यसमा प्रयोगकर्ताले आफुलाई मनपरेको फोटो, भिडियो म्यूजिक तथा विभिन्न किसिमका डकुमेन्टहरु सुरक्षित गर्न सक्नेछन्।
१.२ गिगाहर्जको क्वाड कोर प्रोसेसरयुक्त यो स्मार्टफोनमा फोटो खिच्नको लागि पछाडिको भागमा ८ मेगापिक्सेलको रियर क्यामरा छ भने सेल्फी खिच्नको लागी अगाडि २ मेगापिक्सेलको क्यामरा राखिएको छ।। फोनमा २००० एमएएच ब्याट्री राखिएको छ। ५ इन्चको स्त्रि्कन यसको बजार मूल्य १६ हजार ५ सय रुपैंया तोकिएको छ। सेतो र कालो रंगमा उपलब्ध स्मार्टफोन खरिदमा मोबाईल कभर र स्टिकर निःशुल्क उपलब्ध हुने कम्पनीले जनाएको छ। एन्ड्रोयडको किटक्याट ४.३ भर्सनमा आधारित हुवावेको नयाँ फोन नेपाली ग्राहकहरुले निकै मन पराउने आशा गरिएको छ। नयाँ फोनको माग उत्साहपूर्ण रहेको टेलि टू प्रालिका निर्देशक रोशन विष्टले जानकारी दिए। निर्देशक विष्टका अनुसार हुवावेको नयाँ स्मार्टफोन जिएसएम र सिडिएम दुवै प्रयोग गर्न सकिने स्मार्टफोनमध्ये नयाँ फिचरसहित बजारमा उपलब्ध एक मात्र मोबाइल सेट हो।
यो फोनमा वाईफाई, ब्लुटूथ, ग्राभिटी सेन्सरलगायतका फिचर राखिएका छन्। थ्री जी सपोर्ट गर्ने यो स्मार्टफोनमा ईभिडियो पनि प्रयोग गर्न सकिने छ।

प्रकाशित: १९ चैत्र २०७१ २१:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App