९ चैत्र २०८२ सोमबार
image/svg+xml
प्रविधि

कलर्सको नयाँ मोबाइल

काठमाडौं– मिडियाटेक प्रालिले कलर्स मोबाइलको नयाँ मोडल बजारमा ल्याएको छ। यसलाई फ्ल्यागसिप पर्ल ब्ल्याक के २२ ओक्टा नाम दिइएको छ।नेपालमै पहिलोपटक ओक्टा कोरबाट बनेको यो फोन प्रविधिसँग रमाउन चाहने उपभोक्ताका लागि उपयुक्त रहेको कम्पनी बताउँछ। जेठ तेस्रो सातादेखि बजारमा उपलब्ध हुने यो मोबाइल ओक्टा प्रोसेसरको मिडियाटेक १।७ जिएचजेडबाट सञ्चालित नेपालकै पहिलो आधुनिक प्रविधियुक्त फोन रहेको कम्पनीको दाबी छ। कम्पनीका अनुसार यसमा २ जिबी र्‍याम र १६ जिबीको आन्तरिक मेमोरी क्षमता छ। ओइएम ब्रान्ड, हटनट प्रविधि र किटक्याट सुविधा समाविष्ट यस फोनबाट दुई स्त्रि्कन जोडेर फाइल ट्रान्सफर गर्न सकिने बताइएको छ। ५ इन्चको एचडी स्त्रि्कन रहेको यस फोनमा अगाडिपट्टि १।३ मेगापिक्सल र पछाडि ५ मेगापिक्सलका गरी दुई क्यामरा छन्। 
एमटी ६५९२ प्रोसेसर रहेको मोबाइलमा मिराकास्ट टिएम वायरलेस डिस्प्ले, सोनी एक्समोर क्यामेरा, डुअल माइक्रोफोन र स्पिकर जडान गरिएको छ। २२५० एमएएच लायोन को पोलिमेर ब्याट्रीसहितको मोबाइलको मूल्य ३० हजारभन्दा हाराहारी हुने कम्पनीले जनाएको छ।

प्रकाशित: २ जेष्ठ २०७१ २०:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App