९ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

नियमित जिम्मेवारीबाट विश्राम लिएको मन्त्री श्रेष्ठकाे घोषणा

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले आफ्नो मन्त्रालयको नियमित जिम्मेवारीबाट विश्राम लिएको घोषणा गरेकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले अत्यावश्यक बाहेक अन्य कामबाट आज (सोमबार)देखि बिदा लिएको जानकारी दिएकी हुन्।

मन्त्री श्रेष्ठले आफ्नो कार्यकालमा साथ, सहयोग र विश्वास प्रदान गर्ने सबैप्रति आभार व्यक्त गर्दै मन्त्रालयको जिम्मेवारी सम्हाल्ने क्रममा प्राप्त सहयोग, सुझाव र समर्थनले आफूलाई काम गर्न थप प्रेरणा दिएको बताएकी छन्।

उनले नागरिक सरकारको सदस्यका रूपमा देशको सेवा गर्ने अवसर प्रदान गरेकोमा प्रधानमन्त्री, सहकर्मी तथा सम्पूर्ण नेपाली नागरिकप्रति विशेष धन्यवाद व्यक्त गरेकी छन्। साथै, उनले आम नागरिकको विश्वास र साथलाई सधैँ सम्मान गर्ने प्रतिबद्धता पनि व्यक्त गरेकी छन्। 

जेनजीको विद्रोहपछि गठन गरिएको मन्त्रिपरिषद्मा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीका रूपमा श्रेष्ठ तीन महिना अघि नियुक्त भएकी थिइन। उनलाई गत मङ्सिर २६ गते प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्मा समावेश गरिएको थियो।

प्रकाशित: ९ चैत्र २०८२ १४:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App