टेलिकमले प्रदान गरेको निशुल्क वाइफाइ २२ दिनसम्म चलाउन सकिन्छ। टेलिकमले राजधानीका धरहरा क्षेत्र, गोंगबु बसपार्क, लाजिम्पाट चोक (उत्तरढोका), नयाँ बानेश्वर चोक, कोपुण्डोल गुसिंगाल एडभान्स इन्जिनियरिङ कलेज वरपर, सितापाइला चोक, एक्मी इन्जिनियरिङ कलेज वरपर हेल्पिङ ह्याण्ड कम्युनिटी हस्पिटल चाबहिल, बयोधा हस्पिटल बल्खु, स्टार हस्पिटल सानेपामा निशुल्क वाइफाइ सञ्चालन गरेको छ त्यसैगरी नेको नेपाल मनमोहन स्मृति टिचिङ हस्पिटल, भृकुटीमण्डप, नरसिङ चोक ठमेल, वीर हस्पिटल, गंगालाल हस्पिटल, टिचिङ हस्पिटल, कालिमाटी काठमाडौं इन्जिनियरिङ कलेज वरपर, काठमाडौं मेडिकल कलेज हस्पिटल सिनामंगल, केशर महल चोक, पाटन हस्पिटल, मंगल बजार ललितपुर चेम्बर अफ कमर्शको सचिवालय वरपर निःशुल्क वाईफाई इन्टरनेटको सेवा लिन पाउने कम्पनीले जनाएको छ।
वाइफाइ हटस्पट चलाउनका लागि टेलिकमको पोष्टपेड तथा प्रिपेड मोबाइलका ग्राहकहरुले वाईफाई टाईप गरी १४१६ मा म्यासेज पठाएपछि टेलिकमले पासवर्ड उपलब्ध गराउछ। सुरुमा सेवा लिन मोबाइल वा ल्यापटपको वाइफाइ मेनुमा गएर एनटी वाइफाइलाई कनेक्ट गर्नुपर्ने हुन्छ। त्यसपछि आउने वेब पेजमा युजर नेम बक्समा आफ्नो मोबाइल नम्बर टाइप गर्ने र पासवर्ड बक्समा म्यासेजबाट प्राप्त पासवर्ड टाइप गरी इन्टरनेट चलाउन सकिने कम्पनीले जनाएको छ। पछिल्लो समय टेलिकमले ५ सय भन्दा बढी सार्वजनिक स्थानहरुमा वाइफाइ हटस्पट जोन बनाउन लागिरहेको छ।
प्रकाशित: १ फाल्गुन २०७० ०४:१९ बिहीबार



![गगन थापा विशेष महाधिवेशन स्थल पुगे [तस्बिर]](https://images.nagariknewscdn.com/thumbs/2025/third-party/1768386599_Gagan (3)-600x400.jpg)

