६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

गगन थापा विशेष महाधिवेशन स्थल पुगे [तस्बिर]

गगन थापा विशेष महाधिवेशन स्थल पुगेका छन् । थापा महाधिवेशनस्थल पुग्दा उनका समर्थकले स्वागत गरेका छन् । 

पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेलगत्तै भृकुटीमण्डपमा भेला भएका कार्यकर्ताहरू आक्रोशित बनेका हुन्। उनीहरूले सभापति शेरबहादुर देउवाको विरोधमा चर्को नाराबाजी गरिरहेका छन्।

संस्थापन पक्षले तीनैजना नेतालाई पाँच वर्षसम्म साधारण सदस्य समेत नरहने गरी कारबाहीको घोषणा गरेसँगै कांग्रेस औपचारिक रूपमा विभाजनको संघारमा पुगेको छ। विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनको अन्तिम तयारीमा जुटिरहेको समूहलाई लक्षित गरी आएको यो कारबाहीको खबरले माहोल तताएको हो।

कारबाहीको निर्णय बाहिरिनुअघि भृकुटीमण्डपमा कार्यकर्ताहरूको उपस्थिति पातलो थियो। तर, संस्थापन पक्षको कठोर निर्णय सार्वजनिक भएसँगै त्यहाँ नेता तथा कार्यकर्ताहरूको चहलपहल ह्वात्तै बढेको छ। भेला भएका आक्रोशित कार्यकर्ताहरूले नेतृत्वको निरंकुश शैली भन्दै चर्को विरोध जनाइरहेका छन्।

थप तस्बिर हेर्नुहोस्

प्रकाशित: ३० पुस २०८२ १६:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App