भारतीय स्टार क्रिकेटर विराट कोहली चार वर्षपछि एक दिवसीय ब्याटिङ वरियाताको शीर्ष स्थानमा आएका छन्।
बुधबार अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सार्वजनिक गरेको सूची अनुसार विराट ओडिआईको ब्याटिङको शीर्ष स्थानमा रहेका छन्। ३७ वर्षीय उनी जुलाई २०२१ पछि पहिलो पटक ब्याटिङ वरीयताको शीर्ष स्थानमा फर्किएका छन्।
उनले अक्टोबर २०१३ मा पहिलो पटक शीर्ष वरीयता हासिल गरेका थिए। आईसीसी वरियताको अनुसार न्यूजिल्यान्डको ड्यारल मिचेलले दोस्रो स्थानमा छन्।
त्यस्तै, भारतका रोहित शर्मा तेस्रो रहदा अफगास्तिानका इब्राहिम जदरान चौथौ स्थानमा छन्,भारतकै शुभमन गिल पाँचौ स्थानमा रहेका छन्।
प्रकाशित: ३० पुस २०८२ १६:१२ बुधबार





