१ पुस २०८२ मंगलबार
image/svg+xml
प्रविधि

मंगल ग्रहमा पानीको संकेत

न्युयोर्क - अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको क्युरियोसिटी रोबरले मंगलग्रहमा पानीकोसंकेत दिएको छ। रोबरले मंगलको माटोमा तातोपना दिएपछि त्यहाँबाट बाफ निस्केको थियो। त्यो बाफ एच २ ओ भएको बताइएको छ।मंगलको माटोमा पानी भएको क्युरियोसिटीको अनसुन्धानकर्ता लारी लेसिनले 'साइन्स म्यागजिन' सँग बताएकी छिन्।  एक घन फुट धुलोमा १ सय डिग्रीसम्म ताप दिने हो भने भने दुइ पोइन्ट अर्थात करीब एक लिटर पानी प्राप्त हुने उक्त म्यागेजिनमा उल्लेख गरिएको छ ।

'अन्तरिक्षको लागिपानी राम्रो खबर हो तर यो खराब खबर पनि हो,' लेसिनले भनेकी छिन्। यसले परक्लोरेट थाइराइडमाअसर गर्न सक्ने बताइएको छ। यदि मानिसको शरीरमा यो धुलो पर्न गएमा समस्या हुने उनको भनाइ छ। 

साइन्स म्यागजिनमा प्रकाशित अरु तीनवटा शोधमा समेत मंगलमा प्राप्त माटोको बारेमा चिन्ता व्यक्त गरिएको छ।

प्रकाशित: १२ आश्विन २०७० ०३:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App