३० पुस २०८२ बुधबार
image/svg+xml
प्रविधि

आइफोन सी को मूल्य ५४९ डलर, उपभोक्ता स्तब्ध

काठमाडौं —  एप्पलले विश्वका मध्यम वर्गीय उपभोक्तालाई लक्ष्यित गर्दै सस्ता आइफोन ल्याएको छ। आइफोनले सस्तो स्मार्टफोन ल्याउन लागेको चर्चाले उत्साही भएका प्रयोगकर्ता उसको मूल्य सुनेपछि स्तब्ध भएका छन्। एप्लले अमेरिकी बजारका लागि यी सस्ता भनिएका आइफोन सी को मूल्य ५४९ डलर तोकेको छ।

सामसङसँग प्रतिस्पर्धा गर्न एप्पलले ल्याएका आइफोन फाइभ सी पाँच रंगमा उपलब्ध छन्।

एप्पलका अन्तरार्ष्ट्रिय बजार प्रमुख फिल सिलरले क्यालिफर्नियाको हेडक्वाटरबाट सस्ता आइफोन सार्वजनिक गरेका छन्।

एसियाली राष्ट्रिमा भने यो आइफोन सेप्टेम्बर २० सम्ममा आइपुग्ने यसअघि बताइएको थियो। प्लाष्टिक निर्मित सस्ता आइफोनले सामसङको बजारलाई टक्कर दिने ग्याजेट विश्लेषकहरुले दाबी छ।

सेप्टेम्बर १० लाई विशेष दिनको रुपमा मनाउँदै एप्पलले आइफोन फाइभ एस पनि लञ्च गरेको छ।

tim cook

सस्ता आइफोन लञ्च गर्दै एप्पलका अन्तरार्ष्ट्रिय बजार प्रमुख

tim cook1

iphone

प्रकाशित: २५ भाद्र २०७० १०:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App