१० चैत्र २०८२ मंगलबार
image/svg+xml
प्रविधि

नेपाली बजारमा यसरी लञ्च गरियो ग्यालेक्सी एस फोर (साथमा तस्बिर)

काठमाडौं- सामसङको नयाँ स्मार्टफोन ग्यालेक्सी एसफोर नेपाली बजारमा आएको छ। राजधानीमा आइतबार आयोजित एक कार्यक्रममार्फत यसलाई सार्वजनिक गरिएको हो।


सामसङको आधिकारिक बिक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिसेज (आइएमएस) र निजी दूरसञ्चार कम्पनी एनसेललको सहकार्यमा भर्जिन मोबाइलले यसअघि नै एसफोरको बुकिङ लिइरहेको थियो।

आइएमएसका अध्यक्ष दीपक मलहोत्राले नेपाली बजारमा यसको मूल्य ७१ हजार ९ सय रुपैयाँ पर्ने जानकारी दिए। नेपालमा १६ जिबी क्षमताको मात्र मोबाइल आएको छ। यसमा एनसेलले एक वर्षको बिमा र तीन महिनाका लागि एक जिबी डाटा निःशुल्क दिएको छ।

कम्पनीले यो मोबाइलमा एभरेस्ट इन्स्योरेन्सबाट बिमा सुविधा उपलब्ध गराएको हो। मोबाइल किस्ताबन्दीमा खरिद गर्ने सुविधा पनि छ। नबिल र लक्ष्मी बैंकबाट यो सुविधा उपलब्ध भएको मलहोत्राले जानकारी दिए। कम्पनीले यो मोबाइलमा साटासाट सुविधा पनि दिएको छ। शेर्पा मलमा रहेको कम्पनीको सोरुमबाट ग्यालेक्सी एसटु र एसथ्रीसँग एसफोर साट्न सकिन्छ।

कम्पनीले सामाजिक संस्था डिएम फाउन्डेसन स्थापना गरेको जानकारी दिँदै अध्यक्ष मलहोत्राले प्रत्येक एसफोर मोबाइल बिक्रीबाट १ हजार रुपैयाँ संस्थालाई उपलब्ध गराउने बताए। उनले यो रकम प्राकृतिक प्रकोपबाट पीडित भएकालाई सहयोग गरिने बताए।


प्रकाशित: २२ वैशाख २०७० २३:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App