उनका अनुसार आइएक्सयुएस-१३२ र १३५ मोडलका क्यामेरामा उच्चस्तरीय गुणस्तरको तस्बिर खिच्ने प्रविधिको सुविधा छ। यी क्यामेरामा उच्चस्तरको क्यानन लेन्स प्रयोग भएको छ। स्लिम, स्टाइलिस र मेटल बडीयुक्त क्यामेरा चाहनेलाई लक्ष्य गरी यी मोडल बजारमा ल्याइएको हो।
दुवै मोडलमा एटएक्स जुम गर्न मिल्ने २८ एमएमको वाइड एंगल लेन्स प्रयोग भएको छ। १६ मेगापिक्सेलका यी मोडलमा २.७ इन्चको एलसिडी स्त्रि्कन छ। यी मोडलमा ३२ वटा विभिन्न 'सिन मोड'को सुविधा उपलब्ध छ। 'सिन मोड'को प्रयोग गरी प्रयोगकर्ताले विभिन्नखाले तस्बिर सिर्जना गर्न सक्नेछन्।
आइएक्सयुएस-१३२ मोडलमा वाइफाई सुविधा छैन। तर आइएक्सयुएस-१३५ मोडलमा भने वाइफाई सुविधा छ। कम्पनीका अनुसार नेपाली बजारमा आइएक्सयुएस-१३५ मोडलको मूल्इ १८ हजार ९ सय ९० रुपैयाँ तोकिएको छ। आइएक्सयुएस-१३२ मोडलको भाउ भने १५ हजार ४ सय ९० रुपैयाँ तोकिएको छ।
ए-२४०० मोडलको क्यामेराको क्षमता भने १६ मेगापिक्सेलको छ। यसमा फाइभएक्स जुम सुविधाको २८ एमएमको लेन्स प्रयोग भएको छ। यो लेन्समा इन्टलिजेन्ट इमेज स्टाबलाइजर(आइएस)को सुविधा छ। यसमा ३२ खाले स्मार्ट अटो मोडको सुविधा छ। यसको मूल्य ११ हजार ५ सय रुपैयाँ तोकिएको छ।
अग्रवालले कम्पनीले चाँडै नेपाली बजारमा अन्य तीनथरी मोडल पनि बिक्री सुरु गर्ने जानकारी दिए। उनका अनुसार कम्पनीले आइएक्सयुएस-२५५, ए-२५०० र ए-२६०० मोडलका क्यामेरा नेपाली बजारमा भिœयाउन लागेको हो।
आइएक्सयुएस-२५५ मोडलको क्यामेरा १२.१ मेगापिक्सेल क्षमताको छ। यसमा टेनएक्स र ट्वान्टीएक्स जुमयुक्त २४ एमएमको अल्ट्रावाइड लेन्स प्रयोग भएको छ। यसमा ३ इन्चको एलसिडी स्त्रि्कन, वाइफाई, जिपिएसलगायत सुविधा छन्। ए-२५०० र ए-२६०० मोडलका क्यामेरालाई कम्पनीले सुरुवाती पावरसट क्यामेराकोरुपमा प्रचार गरेको छ। यी दुवै क्यामेराको क्षमता १६ मेगापिक्सेल छ।
प्रकाशित: ७ वैशाख २०७० २१:५१ शनिबार





