१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अर्थ

बैंक कर्मचारीमाथि आक्रमणप्रति राष्ट्र बैंक चिन्तित

बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीमाथि भएको आक्रमण तथा गैरजिम्मेवार व्यवहारप्रति नेपाल राष्ट्र बैंकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । केही दिन अघि ज्योती विकास बैंकका कर्मचारी ऋण उठाउने क्रममा आक्रमण भएको थियो ।

नेपाल राष्ट्र बैंकले मंगलबार विज्ञप्ति प्रकाशित गरी बैंकिङ प्रणालीको स्थायित्व र सेवाप्रवाहमा यस्तो घटनाले नकारात्मक असर पार्ने उल्लेख गरिएको छ ।

बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणबाट निक्षेप संकलन गरी कर्जा प्रवाह गर्ने महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै आएको बैंकले जनाएको छ । कर्जा प्रवाह, कर्जा असुली तथा सम्बन्धित परियोजनाको अनुगमन बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्य भएको जनाउँदै कर्जा नियमित रूपमा भुक्तानी हुनुपर्नेमा जोड दिइएको छ  

नेपाल राष्ट्र बैंकले कुनै पनि किसिमका असहज परिस्थितिका कारण कर्जा भुक्तानीमा समस्या आएमा समय–समयमा पुनर्संरचना र पुनर्तालिकीकरणजस्ता व्यवस्थामार्फत सहजीकरण गर्दै आएको उल्लेख गरेको छ । तर, यसैलाई आधार बनाएर बैंक कर्मचारीमाथि आक्रमण, दुव्र्यवहार वा अवाञ्छित गतिविधिमा संलग्न हुनु निन्दनीय रहेको स्पष्ट गरिएको छ ।

विज्ञप्तिमा बैंकिङ कारोबारसँग सम्बन्धित गुनासो भए सम्बन्धित संस्था वा नेपाल राष्ट्र बैंकमार्फत कानुनी र संस्थागत प्रक्रियाबाट समाधान खोज्न सकिने व्यवस्था रहेको जनाइएको छ। कर्मचारीमाथि आक्रमण र गैरव्यावसायिक व्यवहारले वित्तीय सेवामा प्रत्यक्ष असर पर्न सक्ने भएकाले यस्ता गतिविधिमा संलग्न नहुन सबैलाई आग्रह गरिएको छ  

साथै, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीप्रति गरिने गैरजिम्मेवार व्यवहार र हिंसात्मक गतिविधिमा संलग्न व्यक्तिलाई प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिँदै नेपाल राष्ट्र बैंकले कर्मचारीको मनोबल उच्च राखी निर्बाध रूपमा सेवा प्रवाह गर्न सहयोग गर्न सबै पक्षसँग अनुरोध गरेको छ

 

प्रकाशित: १ पुस २०८२ १७:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App