देवेन्द्र बस्नेत, दाङ फागुन १८ - दाङ लगायत रापती अञ्चलका पाँचै जिल्लाको नमस्ते पिप्रेड मोबाइल फोन अवरुद्ध भएको छ। प्रिपेड मोबाइलमा टावर देखिने भए पनि फोन गर्दा स्विच अफको सन्देश दिन्छ। यो समस्या बाट रापतीका ३ लाख प्रिपेड मोबाइलका सेवाग्राही मर्कामा परेका छन्। नेपाल टेलिकमको केन्द्रीय कार्यालयले प्रिपेड मोबाइलको सिस्टम सुधार गर्न लागेकाले फोनमा समस्या देखिएको नेपाल टेलिकम घोराही शाखाले जानकारी दिएको छ।
मोबाइलको नम्बर दर्ता हुने 'एसएलआर डाटा थ्री' प्याक भई 'एसएलआर डाटा सिक्स'मा नम्बर कन्भर्ट गर्न लागेकाले प्रिपेड मोबाइलमा समस्या आएको टेलिकमले जनाएको छ। टेलिकमको केन्द्रीय कार्यालयले डाटा कन्भर्टको काम गएराति १० बजेदेखि सुरु गरेको हो।
डाटा कन्भर्ट गर्ने काम भैरहेकाले मोबाइल सुचारु हुने समय एकिन नभएको टेलिकम घोराही शाखाले जनाएको छ। पोष्टपेड र सिडिएमए स्काई मोबाइल भने सुचारु छन्।
प्रकाशित: १८ फाल्गुन २०६९ ००:०९ शुक्रबार





