७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

एमाले महाधिवेशन : खसेन ३६ मत, को-को हुन् अनुपस्थित? (नामसहित)

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदान सकिएको छ।

कुल मतदाता २२ सय ६३ मतमध्ये २२ सय २७ मत खसेको छ भने ३६ मत खसेन। ३६ जना विभिन्न कारण उपस्थित हुन नसकेको एमाले केन्द्रीय निर्वाचन आयोग कार्यालयले जनाएको छ।

एमाले महाधिवेशनमा मत नहाल्ने प्रतिनिधिहरूमा मुकुन्द न्यौपाने, बसन्त नेम्वाङ, बालकृष्ण काउछा मगर, ब्रिजेश गुप्ता, राजकुमार गुप्ता, हरिबहादुर राजवशी। यस्तै, अनुशासन आयोगबाट पोष्टकुमार नेपाल, सरस्वती गौतम, सतिलाल राजवंशी, प्रदीप प्याकुरेल (सुशील)। पार्टी निर्वाचन आयोगबाट समिर नेपाल, रचना राजोपाध्याय। लेखा आयोगबाट अशोक केसी, विभिन्न विभागबाट धनश्याम कोइराला, संजीव रोकाहाले मत दिएनन्।

यसैगरी, महाधिवेशन प्रतिनिधिबाट कृष्णमाया भुजेल (झापा), लक्ष्मी यादव (बारा), शत्रुधनप्रसाद सिंह (सिरहा), राजेन्द्रप्रसाद यादव (पर्सा), अशु आनन्द (पर्सा), मनोजकुमार गुप्ता (पर्सा), विजय कापर (सप्तरी), जितेन्द्र चौधरी (महोत्तरी), दानबहादुर बिक, बब्लु शिवाकोटी, सिर्जना नेपाली (प्रवास), अशिम कोइराला, दिनेश बास्तोला, गिरिराज बेलबासे, राजेन्द्र अर्याल, मिना पोख्रेल, तेजकुमार विक, पल्लवराज भट्ट, तिलक रिजाल, गोमा नेपाली रहेको कार्यालयले जनाएको छ।

मतदान बुधबार बिहान ९ः३० बजेदेखि मतदान सुरु भएको थियो। एमालेमा ३०१ केन्द्रीय सदस्यीय समितिका लागि करिब ६४२ जनाको उम्मेदवारी परेको छ। मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोगमा ल्याइएको थियो।

यो पनि पढ्नुहोस्

एमाले महाधिवेशन : मतदान सकियो

प्रकाशित: ३ पुस २०८२ ०७:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App