गयामा कार्यरत २४ वर्षीय प्रहरी कन्स्टेवल ज्योति कुमारीले गरेको एसएमएसकै कारण उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। काउन्सिलिङपछि उनलाई छाडिएको छ।
कृष्णगञ्जका एसपी मनोजकुमारका अनुसार एक बच्चाकी आमासमेत रहेकी विवाहिता प्रहरीलाई उनकै आमाको जिम्मा लगाइएको छ।
उनीविरुद्ध प्रहरीमा जाहेरी नपरेको भएपनि विभागीय कारबाहीका लागि सिफारिस गरिएको छ। सरकारी कर्मचारीलाई भल्गर एसएमएस र तारन्तार फोन गरेपछि उनकाबारे प्रहरीलाई जानकारी गराइएको थियो।
प्रहरीले ती महिला प्रहरी मानसिक रोगी भएको हुनसक्ने जनाएको छ।
प्रकाशित: १६ फाल्गुन २०६९ ०२:३७ बुधबार





