इन्फो डेभ, विश्व बैंक तथा फिनल्यान्डको परराष्ट्र मन्त्रालय र योङइन्नोभेसन्सलगाायत संंस्थाको सहयोगमा प्रतियोगिता सञ्चालन भएको हो। पिभोट नेपाल मोबाइल एप्लिकेसन विकास गर्ने समुदायमाझ उद्यमशील भावना विकास गर्ने एक पहल भएको आयोजकले जानकारी दिएका छन्।
आयोजकका अनुसार मोबाइल एप डेभलपर, मोबाइलका जिज्ञासु तथा दिगो व्यावसायिक क्षमता भएका एपसम्बन्धी रचनात्मक तथा नवीन सोच, उत्पादन प्रस्तुत गर्ने अवसर प्रतियोगिताले दिएको छ। पिभोट नेपालको मुख्य उद्देश्य डेभलपर तथा उद्यमीका लागि नेपाली एवं विदेशी बजार लक्ष्य गरी व्यावसायिक मोबाइल एप विकास गर्न सक्ने उपयुक्त वातावरण बनाउनु हो।
सामाजिक विकास, उपयोगिता र मनोरञ्जन तथा व्यापार एवं वित्तिय सेवा गरी तीन वर्गमा पेस गर्न सक्नेछन्। प्रत्येक वर्गका विजेताले १ हजार अमेरिकी डलर पुरस्कार पाउने आयोजकले बताए। सबै वर्गबाट एक मुख्य विजेता घोषणा गरिने र उसलाई थप ३ हजार डलर पुरस्कार दिइने छ। त्यसै गरी आफ्नो सोच प्रस्तुत गर्न र बजारीकरण गर्ने मौकाका रूपमा एक अन्तर्राष्ट्रिय कार्यक्रममा निःशुल्क भाग लिने मौका दिइने छ।
प्रकाशित: १४ फाल्गुन २०६९ ०८:३२ सोमबार





