३ पुस २०८२ बिहीबार
image/svg+xml
प्रविधि

नोकिया लुमिया किस्ताबन्दीमा

काठमाडौं, फागुन ८ (नागरिक)-राजधानीको न्युरोडमा रहेको मल्टिब्रान्ड मोबाइल सोरुम भर्जिन मोबाइलले नोकिया लुमिया-८२० र ९२० मोडलका स्मार्टफोनमा किस्ताबन्दी सुविधा दिने भएको छ।

गत साता नेपाली बजारमा नोकियाका नयाँ स्मार्टफोन भित्र्याएको भर्जिनले सूत्रधार बचत तथा ऋण सहकारीसँगको साझेदारीमा यस्तो सुविधा दिने भएको हो। कम्पनीले यो सुविधामा शून्य ब्याजदरमा दुवै सेट ग्राहकलाई किस्ताबन्दीमा उपलब्ध गराउने छ। यसका लागि ग्राहकले ३० प्रतिशत मूल्य भने अग्रिम भुक्तानी गर्नुपर्नेछ। कम्पनीले नौ महिने किस्ताबन्दी सुविधा दिएको हो।

कम्पनीले अन्य ब्रान्डका मोबाइल र ल्यापटपमा पनि यो सुविधा सुरु गर्ने जनाएको छ। कम्पनीले लुमिया-८२० र लुमिया-९२० मोडलमा विशेष छुट पनि दिएको छ। कम्पनीले हाललाई लुमिया-८२० मोबाइल ४५ हजार रुपैयाँमा दिने भएको छ। यसको बजार मूल्य ४८ हजार ९ सय ९० रहेको छ। यसैगरी लुमिया-९२० मोडललाई ६२ हजार रुपैयाँमा उपलब्ध गराउने जनाएको छ। यसको बजार मूल्य ६७ हजार १ सय ८० रुपैयाँ तोकिएको छ।

प्रकाशित: ७ फाल्गुन २०६९ २२:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App