नेपालमा साइबर अपराध बढिरहेकाले त्यसलाई रोक्न आवश्यक कदम चाल्नुपर्ने तथा सो सम्बन्धी कानुनका विषयमा जनचेतना बढाउनुपर्छ भन्ने उद्देश्यसहित सम्मेलनको आयोजना गरिएको समाजका अध्यक्ष चन्द्रविलास भुर्तेलले बताए।
उनले नेपालमा सरकारी वेबसाइटसमेत बारम्बार ह्याक हुनु र इन्टरनेटका माध्यमबाट हुने अपराधिक कार्यहरू बढिरहेको विषयलाई गम्भीरतापूर्वक लिन आवश्यक रहेको बताए। कार्यक्रममा सूचना प्रविधिका क्षेत्रमा भइरहेका प्रगति र त्यसले पारेको नकारात्मक प्रभाव र यसबाट बच्ने उपायहरूबारे सो क्षेत्रका विज्ञहरूले कार्यपत्र पेस गरेका थिए। रासस
प्रकाशित: १३ माघ २०६९ ०६:५५ शनिबार



-600x400.jpg)

