http://verify.soce.gov.np/index.php मा गएर जन्ममिति, सिम्बोल नम्बर र पास गरेको वर्ष राखेपछि प्रमाणपत्र हेर्न सकिन्छ।
यसले १२ वर्षको अवधिमा पास भएका विद्यार्थीहरुको प्रमाणपत्र प्रमाणिकरण गर्न परीक्षा नियन्त्रण कार्यालय पठाइरहनुपर्ने झण्झट हटेको छ। २०५७ सालअघि एसएलसी पास गरेकाहरुको प्रमाणपत्रको इलेक्ट्रोनिक कपी उपलब्ध नभएकोले त्यसलाई भने अनलाइनमा राख्न सकिएको छैन।
प्रकाशित: ८ पुस २०६९ ००:५४ आइतबार





