अनलक गरेलगत्तै ती महिलाले तस्बिर के लिएकी थिइन् चोरीको आइफोनबाट त्यो यसका प्रयोगर्ताकहाँ पुगिहाल्यो।
कोलिएसन नाइटक्लबमा यो महिनाको सुरुमै हराएपछि आइफोनलाई ब्लक गरिएको थियो। फोनमा रहेको एप्सले महिलाको तस्बिर खिचेलगत्तै फोटो फर्वार्ड गरिहाल्यो। त्यतिमात्र होइन मोबाइल रहेको स्थान र त्यसको नक्सासमेत पठायो।
यो सबै अटोमेटिकरुपमा आइफोनको मालिककहाँ पुग्यो र उनले प्रहरीलाई त्यसको जानकारी गराए। प्रहरीले अब महिलाको खोजी सुरु गरेको छ।
प्रकाशित: २७ मंसिर २०६९ ०१:५८ बुधबार





