नेकपा एमाले संसदीय दलको बैठक जारी छ। बैठकले प्रतिनिधिसभा पार्टी संसदीय दलका नेता, प्रमुख सचेतक लगायत चयन गर्ने एमालेले जनाएको छ।
साथै, समसामयिक राजनीतिक परिस्थिति र संसदमा पार्टीको भूमिकाबारे ठोस रणनीति पनि तय गरिने जनाइएको छ।
संघीय संसद् बैठक १९ चैत बिहीबार दिउँसो २ बजेका लागि आह्वान गरिएको छ। सोही कारण एमालेले पार्टी संसदीय दलको नेता चयन गर्न लागेको हो।
एमालेले पार्टी अध्यक्ष ओलीको पक्राउ विरुद्ध राजनीतिक र कानुनी रूपमा नै प्रतिवाद गर्ने घोषणा गरिसकेको छ। त्यसका लागि सडक र सदन दुवैलाई तताउने एजेन्डा सो बैठकले गर्ने बताइएको छ।
प्रकाशित: १८ चैत्र २०८२ १५:३३ बुधबार





