७ पुस २०८२ सोमबार
image/svg+xml
प्रविधि

'भूलवश' लाखौँ ट्विटर प्रयोगकर्ताको पासवर्ड रिसेट

बोस्टन, कात्तिक २४ (एजेन्सी) - ट्विटरले आफ्ना १४ करोड सक्रिय प्रयोगकर्ताहरुमध्ये ठूलो संख्याको पासवर्ड 'भूलवश' रिसेट भएको जनाएको छ। नियमित सुरक्षा स्क्रनिङको क्रममा त्यसो भएको स्पष्टीकरण ट्विटरले दिएको छ।  कसैको अकाउन्टको गलत प्रयोग भएको भए ट्विटरले पासवर्ड रिसेट गर्दै इमेल पठाउने गर्छ। यस पटक भने नियतवश नभई यत्तिकै ठूलो संख्यामा प्रयोगकर्ताहरुको पासवर्ड रिसेट भएको उसले जनाएको हो।

ट्विटरकी प्रवक्ता क्यारोलिन पेन्नरले कति जनाको अकाउन्ट यो गल्तीले प्रभावित भएको छ भन्ने बारेमा केही बताउन चाहिनन्। उनले सुरक्षामा कुनै कमी नभएकोमा जोड दिइन्। 

प्रकाशित: २४ कार्तिक २०६९ ०७:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App