पछिल्लो पटक एप्पलको कार्यक्रममा आइफोन ५ र आइपडको नयाँ मोडल सार्वजनिक गरिए पनि आइप्याड मिनीबारे केही बताइएको थिएन।
माइक्रोसफ्टले विन्डोज ८ र सर्फेस ट्याब्लेट त्यही साता (कात्तिक १०) मा गर्न लागेको छ। त्यसअघि नै एप्पलले आइप्याड मिनी सार्वजनिक गर्ने अपेक्षा गरिएको छ। यद्यपि यसबारे एप्पलले केही बताएको छैन। समाचार एजेन्सी रोयटर्ससँग यसका प्रवक्ताले यसबारे टिप्पणी गर्न अस्वीकार गरे।
प्रकाशित: २६ आश्विन २०६९ १२:२९ शुक्रबार




