१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

कांग्रेसको विवाद कानुनी लडाइँमा परिणत: लेखक

नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीभित्रको विवाद अब राजनीतिक सहमतिबाट टाढा पुगेर कानुनी लडाइँमा परिणत भएको बताएका छन्।

बुधबार नागरिक न्युजसँगको संवादमा नेता लेखकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई कारबाही गरिसकेपछि अब पार्टीको आधिकारिकताको विषय निर्वाचन आयोग र अदालतबाट टुंगिने स्पष्ट पारेका हुन्।

नेता लेखकले असन्तुष्ट पक्षले समानान्तर गतिविधि जारी राखेको र संस्थापन पक्षले कारबाहीको निर्णय लिएसँगै अबको बाटो कानुनी उपचार नै भएको बताए।

‘अब यसका लागि निर्वाचन आयोग जाने र अदालत जाने बाटो खुल्यो,’ लेखकले भने, ‘अब कसले मान्यता पाउँछ भन्ने कुराको छिनोफानो कानुनी र राजनीतिक लडाइँबाट सुरु हुन्छ।’

पार्टी एकताका लागि अन्तिम समयसम्म संवाद र प्रयास भए पनि त्यो सफल हुन नसकेको स्वीकार गर्दै लेखकले अब दुवै पक्ष आ-आफ्नो बाटो लागेको बताए।

उनले भने, ‘उहाँहरूले छुट्टै भेला र उम्मेदवारी दर्ता गर्नुभयो, हामीले विधान बमोजिम कारबाही गर्‍यौं। अब वैधानिकताको परीक्षण कानुन र संविधान बमोजिम राज्यका निकायमा हुन्छ।’

लेखकले यो कानुनी लडाइँले प्रकारान्तरले लोकतन्त्र र कांग्रेसलाई नै कमजोर बनाउने भए पनि परिस्थितिले बाध्यात्मक अवस्था सिर्जना गरेको टिप्पणी गरे।

प्रकाशित: ३० पुस २०८२ २०:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App