१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

लागुपदार्थ सेवन गरेर सवारी चलाउने चारजना पक्राउ

काठमाडौंको सितापाइलामा ट्राफिक सप्ताह अन्तर्गत आज ट्राफिक प्रहरीले गरेको चेकजाँचमा ४ जना सवारी चालक नियन्त्रणमा आएका छन्। उनीहरूमा यात्रुवाहक बसका ३ चालक र भाडाको ट्याक्सीको १ चालक रहेका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, नेपाल प्रहरी अस्पताल र लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले दिउँसो १८ वटा सवारी साधनका चालकलाई चेक गर्दा ४ जनाले लागुपदार्थ सेवन गरी सवारी चलाएको पाइएको हो। नियन्त्रणमा आएका चालकहरूलाई थप अनुसन्धानका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाइएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले भनेका छन् कि यात्रु बोकेको सवारी साधनको चालकले लागुपदार्थ वा मादक पदार्थ सेवन गरी सवारी चलाउनु नियमविपरीत मात्र नभई दण्डनीय कार्य हो। यसले चालक मात्र नभई यात्रुहरूको जीवनलाई पनि जोखिममा पार्छ।

सवारी चालकको लागुपदार्थ वा मादक पदार्थ सेवनको शंका भएमा यात्रुले नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ वा प्रहरीको १०० नम्बरमा तत्काल जानकारी दिन अनुरोध गरिएको छ।

 

प्रकाशित: ३० पुस २०८२ २०:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App