३ माघ २०८२ शनिबार
image/svg+xml
प्रविधि

आइफोन ५ सित प्रतिस्पर्धा गर्न सामसुङको ग्यालेक्सी एसथ्री मिनी

सउल, असोज २५ (एजेन्सी)- चीर प्रतिद्वन्द्वी एप्पलको आइफोन ५ सित प्रतिस्पर्धा गर्न सामसुङले ग्यालेक्सी एसथ्रीको सानो संस्करण ग्यालेक्सी एसथ्री मिनी आज सार्वजनिक गर्ने भएको छ।  
सामसुङले आफ्नो नयाँ उत्पादन सार्वजनिक गर्ने कार्यक्रमका लागि एक साताअघि निमन्त्रणा पठाएसँगै यसबारे अनुमान सुरु भएको थियो। आज बिहान सामसुङ मोबाइलका प्रमुख जेके शिनले मिनी ल्याउन लागेको पुष्टि गरेका हुन्।

उनले भनेका छन्, 'चार इञ्चको डिभाइसको युरोपमा निकै माग छ। कसैले यसलाई इन्ट्री लेभल डिभाइस भन्न सक्छन्, तर हामी यसलाई मिनी भन्छौँ।'
शिनले यसको मूल्य र कहिलेसम्म यसलाई बजारमा ल्याइने भन्ने बारे केही बताएका छैनन्।

सामसुङले ग्यालेक्सी एस थ्री फोन लञ्च गरेको १०० दिनभित्र २ करोड वटा बिक्री गरेको थियो। एस टुभन्दा यसको बिक्री दोब्बर हो।

एस थ्री नेपालमा पनि ६९ हजार रुपियाँमा बिक्री सुरु भएको थियो। अहिले त्योभन्दा केही सस्तोमा बजारमा यो फोन किन्न पाइन्छ।

प्रकाशित: २४ आश्विन २०६९ २२:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App