२९ पुस २०८२ मंगलबार
image/svg+xml
प्रविधि

तनहुँमा तिहारलगत्तै वाइम्याक्स

तनहुँ, असोज १६ (नागरिक)-नेपाल टेलिकम तनहुँ शाखाले तिहारलगत्तै जिल्लामा वाइम्याक्स इन्टरनेट सेवा सञ्चालनमा ल्याउने भएको छ। सेवाग्राहीलाई उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउने उद्देश्यले टेलिकमले वाइम्याक्स सेवा सञ्चालन गर्न लागेको शाखा प्रमुख सुनीलदास मानन्धरले बताए। 
तिहारलगत्तै सेवाग्राहीलाई वाइम्याक्स सेवा वितरण गर्न टेलिकमले पूर्वाधार निर्माण र विस्तार सुरु गरिसकेको कार्यालयले जनाएको छ। जिल्लाका ९ सयभन्दा बढी सेवाग्राहीले टेलिकमको एडिएसएल इन्टरनेट सेवा प्रयोग गर्दै आएका छन्।

प्रकाशित: १५ आश्विन २०६९ १३:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App