सानिमा बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबिच एनपिएस– नेसनलकार्ड स्विच अन्तर्गत डोमेस्टिक कार्ड स्किम– नेपालपे कार्डको प्रमुख सदस्यताको लागि सम्झौता भएको छ।
सम्झौतापत्र अनुसार एनपिएस–नेसनल कार्ड स्विचलाई डोमेस्टिक कार्ड प्रयोग भई गरिने कारोबारहरूको राउटिङ र सेटलमेन्टमा अन्तरसञ्चालन सुनिश्चितताका लागि केन्द्रीय भुक्तानी पूर्वाधारको रूपमा स्थापना गरिएको हो।
सम्झौता पत्रमा सानिमा बैंक लिमिटेडको तर्फबाट प्रमुख निक्षेप अधिकृत हेमराज संज्याल र नेपाल क्लियरिङ हाउस लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका थिए।
प्रकाशित: २९ पुस २०८२ ०९:३७ मंगलबार





