३० पुस २०८२ बुधबार
image/svg+xml
प्रविधि

रेडहेरिङको सूचिमा नेपालको कम्पनी

काठमाडौं भदौ १३ (नागरिक)- मोबाइल बैकिङ र सूचना प्रविधि सम्वन्धी सफ्टवेयर निर्माता कम्पनी एफ वान सफ्ट इन्टरनेसनललाई रेडहेरिङले २०१२ का लागि एसियामा नविनतम प्रविधिका लागि काम गर्ने कम्पनीहरुको अन्तिम सूचिमा सूचिकृत गरेको छ।  

रेडहेरिङले सूचिकृत गर्ने एसियामा नविनतम प्रविधिका लागि काम गर्ने कम्पनीको सूचिमा पर्ने एफ वान सफ्ट नेपालको पहिलो कम्पनी भएको दावी गरिएको छ।

रेडहेरिङले विश्वमा पूराना प्रविधिलाई विस्थापित गर्दै नयाँ प्रविधि अपनाउने सूचना प्रविधि सम्वन्धी कम्पनीलाई सम्मानित गर्न यस्तो सूची बनाउँछ। रेडहेरिङले सामाजिक सञ्जाल फेसबुक, टि्वटर जस्ता कम्पनीलाई पनि सुरुवातका दिनमा भविष्यका सम्भावनायुक्त कम्पनीका रुपमा सूचिकृत गरेको थियो।

रेडहेरिङका प्रकाशक एवं प्रमुख कार्यकारी एलेक्स भियक्सले एफ वान सफ्टमा भविष्यका लागि ठूलो सम्भावना देखिएका कारण

एकसयको सूचीमा राखिएको बताए। एफ वान सफ्टका प्रमुख कार्यकारी अधिकृत प्रविणराज पोखरेलले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा आफ्नो कम्पनी सूचिकृत भएपछि गर्व महसुस भएको बताए।

'हाम्रो कामलाई अन्तर्राष्ट्रिय जगतले पहिचान दिएको छ, यसले हामीलाई थप नयाँ प्रविधिको विकास गर्न हौसला प्रदान गरेको छ, यो सूचीमा नेपालबाट पर्ने हामी पहिलो कम्पनी हौं, यसले हामीलाई अत्यन्तै खुशी बनाएको छ, उनले भने।

नेपालमा वित्तीय सुविधालाई सूचना प्रविधिको प्रयोगबाट अझ व्यापक बनाउन कम्पनीको प्रयास अब अझ व्यापक बन्ने उनले बताए।

यो सूचीमा छानिएका कम्पनीले सेप्टेम्बर १० देखि १२ सम्म रेडहेरिङ एसियाको मञ्चमा आफ्नो योजनाका बारेमा प्रस्तुति दिने कार्यक्रम छ।

यो सूचीमा छानिन वित्तीय कार्यक्षमता, गुणस्तरीय व्यवस्थापन, रणनीतिक योजनाको गुणात्मकता र गुणस्तरीयतालाई मापदण्ड बनाइन्छ,' रेडहेरिङद्वारा जारी विज्ञप्तिमा भनिएको छ। नौलो तरिकाले काम गरेर ठूलो सम्भावना देखाएको र कम्पनीको छवि राम्रो भएकोलाई सम्मानित गर्दै आएको संस्थाले जानकारी दिएको छ।

यो वर्ष धेरै प्रशंसनीय काम भएका छन्, भियक्सले भने, 'विश्व वित्तीय अवस्था सन्तोषजनक नभए पनि धेरै कम्पनीले नविनतम र अनौठो प्रविधि ल्याएका छन्। उनले धेरै कम्पनीले ल्याएका नविनतम प्रविधिले प्रतिस्पर्धी कम्पनी छान्न कठिन भएको बताए। एफ वान सफ्टले भारत, चीन, पाकिस्तान, न्युजिल्याण्ड, अष्ट्रेलिया, जापान, हङकङ, सिंगापुरका कम्पनीसँग प्रतिस्पर्धा गरिरहेको छ। एक सयको सूचीबाट छानिएपछि कम्पनीले अमेरिका, दक्षिण अमेरिका र युरोपका कम्पनीसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: १३ भाद्र २०६९ ०७:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App