मोबाइल डिभाइसहरुबाट फेसबुक चलाउनेहरुको संख्या बढ्दै गएपछि फेसबुकले आफ्नो पुरानो एप्सलाई आमूल परिवर्तन गरी नयाँ स्वरुप दिएको हो।
धमाधम खस्कँदै गएको सेयर मूल्यपछि मोबाइलबाट पैसा कमाउन विज्ञापन राख्नु पर्ने दबाब पनि फेसबुकले खेप्दै आएको छ।
फेसबुकका मोबाइल प्रोडक्ट म्यानेजर माइक जोन्सनले नयाँ एप दुई गुणा छिटो हुने दावी गरे।
http://m.facebook.com ठेगाना प्रयोग गरी फेसबुकको मोबाइल संस्करण डेस्कटप कम्प्युटरमा पनि कम गतिको इन्टरनेट भएको ठाउँमा हेर्न सकिन्छ।
प्रकाशित: ८ भाद्र २०६९ ०४:१६ शुक्रबार





