एप्पल कम्पनीको अहिलेको मूल्य माइक्रोसफ्ट र गुगल दुई कम्पनीको कूल सम्पत्तीभन्दा माथि पुगेको छ। विश्वको दोस्रो ठूलो कम्पनी एक्सोन मोबाइलकोभन्दा एप्पलको सम्पत्ती २ सय अर्ब बढी छ।
यो नयाँ रेकर्ड कायम हुनुमा स्वभाविकरुपले आइफोनको लोकप्रियताले श्रेय लिन्छ। आइफोनले एप्पललाई दिने आम्दानीमात्र हिसाब गर्ने हो भने, माइक्रोसफ्टले कमाउने कूल रकमभन्दा माथि छ। आगामी महिनामा आउने नयाँ आइफोन र सानो आकारको आइप्याडले बजार लिने चर्चासँगै यसको सेयरबजार आकाशिएको हो।
तर वर्नस्टेन रिसर्चका टोनी साकोनागीले पार्टपुर्जाको अभावका कारण एप्पलको रफ्तार रोकिनसक्ने बताए।
गत वर्ष निधन भएका स्टिभ जब्सको 'इनोभेसन'लाई कम्पनीले आगामी दिनमा यथावत राख्न सकेमात्र बजारमा एप्पलको रफ्तार कायमै रहने विश्लेषकहरुको धारणा छ।
पछिल्ला वर्षहरुमा एप्पलको मूल्यांकन औशतभन्दा धेरै नै माथि बढ्दो छ। ८ वर्ष अघि कम्पनीको मूल्य १० अर्बमात्र थियो। यो वर्षमात्रै एप्पलको सेयर मूल्य ६० प्रतिशतले बढेको छ।
(एजेन्सीको सहयोगमा)
प्रकाशित: ५ भाद्र २०६९ ०४:५५ मंगलबार




