२४ पुस २०८२ बिहीबार
image/svg+xml
प्रविधि

सामसुङको नयाँ ग्यालेक्सी नोट अगस्त २९ मा

सोल, साउन १९ (एजेन्सी)- दक्षिण कोरियाली कम्पनी सामसुङले आफ्नो नयाँ ग्यालेक्सी नोट स्मार्टफोन अगस्त २९ मा सार्वजनिक गर्ने बताएको छ।  

सामसुङका प्रवक्ताले आउँदो अगस्त २९ मा बर्लिनमा हुने समारोहमा नयाँ ग्यालेक्सी नोट सार्वजनिक गर्ने बताएका हुन्।

ग्यालेक्सी नोटको नयाँ संस्करणबारे कुनै जानकारी उपलब्ध छैन। तर प्रविधि बजारमा साढे पाँच इञ्चको डिस्प्ले, डुअल कोर १.७ गिगाहर्जको प्रोसेसर, १२ मेगापिक्सेलको क्यामेरा र नयाँ भर्सनको एन्ड्रोयड हुने अनुमान छ।

अहिलेको भर्सनमा ५.३ इञ्जको डिस्प्ले र १.४ गिगाहर्जको डुअल कोर प्रोसेसर छ।

प्रकाशित: १९ श्रावण २०६९ ०१:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App