२ माघ २०८२ शुक्रबार
image/svg+xml
प्रविधि

ब्ल्याकबेरीले ल्यायो फोरजी ट्याब्लेट

ओन्टारियो, साउन १९ (एजेन्सी)-ब्ल्याकबेरी फोन निर्माता क्यानेडाली कम्पनी रिसर्च एन्ड मोसन(रिम)ले नयाँ चौथो पुस्ता(फोरजी)को ट्याब्लेट बजारमा ल्याएको छ।  

कम्पनीले बिहीबार 'फोरजी एलटिई(टिएम) ब्ल्याकबेरी(आर) प्लेबुक(टिएम)'को औपचारिक बिक्री सुरु गरेको हो। मोबाइल नेटवर्कक सर्पोट गर्ने यो ट्याब्लेटमा नयाँ पुस्ता(फोरजी) नेटवर्क पनि चलाउन सकिन्छ। छरितो र बोक्न सजिलो यो ट्याब्लेटले तीव्र गतिमा काम गर्ने भनेर चिनिएको ब्ल्याकबेरीको इज्यतलाई अझ बढाउने अपेक्षा गरिएको छ।

हाललाई क्यानडाका लागि बिक्री सुरु गरिएको यो ट्याब्लेटले तीव्र गतिको इन्टरनेट, इमेल, अनलाइन एप्स, मिडिया चलाउन उपयुक्त हुने कम्पनीले जनाएको छ। 'हामी फोरजी नेटवर्क सपोर्ट गर्ने पहिलो ब्ल्याकबेरी प्लेबुक सार्वजनिक गर्न पाउँदा एकदमै उत्साहित छौँ,' कम्पनीका कार्यकारी उपाध्यक्ष डेभिड जे स्मिथले भने, 'यसले ग्राहकको मन जित्ने अपेक्षा गरेका छौं।'

कम्पनीले सार्वजनिक गरेको ट्याब्लेटको डिस्प्ले ७ इन्चको छ। अगाडि र पछाडि दुवैतिर एचडी गुणस्तरको भिडियो खिच्ने क्यामेरा, एचडिएमआई बाहिरी र स्टेरियो स्पिकरका विशेषता यसमा छन्। यसमा ब्ल्याकबेरीकै प्लेबुक अपरेटिङ सिस्टम(ओएस)-२ प्रयोग भएको छ। यसमा ग्राहकले ब्ल्याकबेरी एपवर्ल्डमा गएर निःशुल्क र शुल्क तिरेर एप्सहरु डाउनलोड गर्न सक्नेछन्।

३२ गिगाबाइटको मेमोरीयुक्त यो ट्याब्लेट अगस्ट ९ देखि क्यानेडाका तीनवटा सहरमा बिक्री सुरु गरिनेछ। आगामी महिनाभित्र कम्पनी यसकलाई अमेरिका, युरोप, दक्षिण अफ्रिका, ल्याटिन अमेरिका र क्यारेबियन मुलुकमा पनि बिक्री सुरु गर्नेछ।

प्रकाशित: १९ श्रावण २०६९ ०१:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App